प्रहरीको कुटाइबाट युवक घाइते

0

प्रस, वीरगंज, ९ भदौ/
इलाका प्रहरी कार्यालय, गरुडाका प्रहरीको कुटाइबाट एकजना युवक गम्भीर घाइते भएका छन्।
रौतहट, गरुडा नगरपालिका, जिङ्गडियामा साउन ३१ गते भएको हत्याको विषयमा प्रहरीले स्थानीय युवा विजय रामलाई पक्राउ गरेको थियो। पक्राउ परेका विजय रामलाई अपराध स्वीकार गर्न प्रहरीले कुटपीट गर्दा मिर्गौलामा क्षति पुगेको र हाल उनको उपचार नेशनल मेडिकल कलेजमा भइरहेको अगुवा नेता मनोज रामले जानकारी दिए।
रामका अनुसार प्रहरीले करेन्ट लगाएर यातना दिएको कारण उनको मिर्गौलामा असर परेको दाबी गरेका छन्। यस विषयमा इप्रका गरुडाका प्रनाउ ज्ञानकुमार महतोले हत्याको शङ्कामा सो युवकलाई पक्राउ गरेको बताए। थुनामा युवकमाथि कुनै किसिमको यातना नदिएको बताए। उनको दाइको मिर्गौलारोगको कारण केही वर्षअघि मृत्यु भएको प्रनाउ महतोले बताए। रामलगायत सातजना स्थानीय युवालाई पक्राउ गरी अनुसन्धान गरिरहेको उनको दाबी छ।
यता नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका पीडित युवकसँग अहिलेसम्म घरपरिवारलगायत दलित अगुवासँग भेटघाट गर्न दिइएको छैन।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here