रोटरीका सदस्यलाई तनाव व्यवस्थापन प्रशिक्षण


प्रस, वीरगंज, ६ भदौ/
    रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसले तनाव व्यवस्थापनसम्बन्धी अनलाइन प्रशिक्षण शुक्रवार सम्पन्न गरेको छ।
    कोरोना महामारीको समयमा  मानसिक तनाव न्यूनीकरण गर्ने र परिवारका सदस्यहरूतर्फ ध्यान केन्द्रित गराउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको हो। रोट्राक्ट क्लब अफ वीरगंज मेट्रोपोलिस र रोट्राक्ट क्लब अफ युनाइटेड वीरगंजको संयुक्त आयोजनामा रोटरीले कार्यक्रम आयोजना गरेको वीरगंज मेट्रोपोलिस सर्भिस प्रोजेक्ट डाइरेक्टर अनिल जायसवालले जानकारी गराए।
    विनीत लोहियाको अध्यक्षतामा भएको कार्यक्रममा बौद्ध भिक्षुणी प्रज्ञा महर्जनले प्रशिक्षण दिएकी थिइन्। उनी मनोसामाजिक सल्लाहकारको रूपमा कीर्तिपुर अस्पताल, काठमाडौंमा कार्यरत छिन्। नेपाल बर्न फाउन्डेशनको कार्यकारी सदस्यसमेत रहेकी भिक्षुणी महर्जनले मानवजीवन, परिवार र तनाव व्यवस्थापनका विविध पक्षबारे प्रकाश पारेकी थिइन्।
    कार्यक्रममा रोटरी क्लबका सचिव चन्दन सिंह, पूर्वअध्यक्ष रम्भा मिश्र, रोट्राक्ट क्लबका अध्यक्षद्वय सलोनी रौनियार र सन्दीप ओझा, सचिव रविन श्रेष्ठ, पूर्वअध्यक्ष गोपाल कन्दोईलगायत ६५ जना सदस्यहरूको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here