प्रस, पंचगावाँ, ६ भदौ/
    बहुदरमाई नगरपालिकाको भौराटार आइसोलेशनमा रहेका सङ्क्रमितहरूले समयमा खाजा/खाना नपाएको गुनासो गरेका छन्।     
    भौराटारस्थित सीताराम महतो आधारभूत विद्यालयमा रहेको आइसोलेशनमा बस्ने सङ्क्रमित रूपनारायण साहले समयमा खाजा–खाना नपाएको गुनासो गरे। उनले दिउँसो १२ बजेसम्म पानी पनि नपाउने र १ बजेपछि मात्रै खाना ल्याएर दिने गरेको बताए।
उनले आइसोलेशनको फितलो व्यवस्थापनले सङ्क्रमितहरू झनै रोगी हुने बताए।
    बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज पौडेलले नगरपालिका कार्यालयनजीकैको क्वारेन्टाइनलाई खाजा र खानाको व्यवस्थापन गर्ने जिम्मा दिएको बताए। उनले बैरियाबिर्ताको आइसोलेशनमा पनि सोही क्वारेन्टाइन सञ्चालकलाई व्यवस्थापनको जिम्मा दिएको भन्दै आइसोलेशनमा खाजा, खाना र पानीको व्यवस्थापनमा केही कठिनाइ भएको हुन सक्ने बताउँदै सङ्क्रमितहरूलाई धैर्य गर्न आग्रह गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here