६५ कार्टुन चल्ला बरामद
प्रस, पंचगावाँ, ५ भदौ/ धोबिनी गाउँपालिका–२ असवारीबाट सशस्त्र प्रहरीले ८ वटा साइकलमा लोड गरिएको ६५ कार्टुन चल्ला बरामद गरेको छ। निषेधाज्ञा र सीमा सिल भएको अवस्थामा पनि तस्करहरूले भारतबाट ८ वटा साइकलमा ल्याएको ६५ कार्टुन चल्ला बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताए। सशस्त्र प्रहरीलाई देखेपछि चल्ला तस्करहरू साइकल छाडेर फरार भएका थिए।
सङ्क्रमितको मृत्यु
प्रस, वीरगंज, ५ भदौ/ वीरगंज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय एकजना पुरुषको शुक्रवार दिउँसो कोरोना सङ्क्रमणको कारण मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ। ज्वरो, खोकीको समस्या भएपछि वीरगंज हेल्थकेयर अस्पतालको आइसियूमा उपचारको क्रममा उनको निधन भएको हो। साउन ३२ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो।
निजगढमा चोरी
प्रस, निजगढ, ५ भदौ/ निजगढमा बिहीवार राति दुईवटा ठाउँमा चोरी भएको छ। निजगढ नगरपालिका–९ का विक्रम मानन्धर र बद्रीबहादुर गुरुड्ढो घरमा चोरी भएको हो। मानन्धरको पसलको सेफमा राखेको लगभग रु २५ हजार नगद र गुरुड्ढो घरबाट तीन थान राइसकुकर चोरी भएको पीडितहरूले जानकारी दिएका छन्। बिहान उठेर हेर्दा ढोका खुला देखेपछि चोरी भएको थाहा पाएपछि […]
भन्सार छलीको सामान बरामद
प्रस, रौतहट, ५ भदौ/ प्रहरी गस्ती टोलीले भन्सार छली गरी नेपाल ल्याइएको १ लाख ९ हजार मूल्य बराबरको विभिन्न सामान बरामद गरी भन्सारमा बुझाएको छ। तस्करले भारतीय नं.को मोटरसाइकलमा नेपाल भिœयाएको भन्सार छलीका कस्मेटिक सामान, युरिया मल, स्याउलगायत प्रहरीले बरामद गरी भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ।
बलात्कारको उजूरी दर्ता
प्रस, जनकपुरधाम, ५ भदौ/ ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजना ४५ वर्षीय पुरुषको खोजी गरिरहेको छ। महदेवा गाउँँपालिका–३ बथनाहाका ४५ वर्षीय रामसुन्दर सरदारले ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजूरी प्रहरी कार्यालयमा दर्ता भएको छ। पीडित बालिकाकी आमाले दिएको उजूरीमा सामूहिकरूपमा टेलिभिजन हेरिरहेका बेला सरदारले गत सोमवार राति ९ बजे बालिकाको मुख […]
मिथिलाञ्चलमा चौठ चन्द मनाइयो
प्रस, जनकपुरधाम, ५ भदौ/मिथिलाञ्चल क्षेत्रमा शुक्रवार चौठ चन्द पर्व मनाइएको छ। भाद्र शुक्लपक्षको चौथी तिथिका दिन मनाइने यस पर्वलाई मधेसमा छठपछिको दोस्रो ठूलो पर्व पनि भनिन्छ।चौठ चन्द पर्वका दिन व्रत बस्ने, आँगनमा पूजा हुने भएकोले चामलको पीठोको कलात्मक अरिपन बनाइ त्यसमाथि पूजाका सामग्री राखेर पूजापाठ गरिन्छ। नयाँ माटोको भाँडोको दही, केरा, मिठाइ, फलफूलका साथै विभिन्न […]
कोरोनाबाट प्रदेश २ मा ५२ जनाको मृत्यु
प्रस, जनकपुरधाम, ५ भदौ/ प्रदेश २ मा अहिलेसम्म आठ हजारभन्दा बढी कोरोना सङ्क्रमित भएका छन् भने ५२ जनाको मृत्यु भएको छ। प्रदेश २ का आठवटै जिल्ला कोरोनाको सङ्क्रमणको चपेटामा परेका छन्। सोमध्ये सबैभन्दा बढी पर्सा जिल्ला मारमा परेको छ। पर्सामा कोरोनाबाट २५ जनाको ज्यान गइसकेको छ भने दोस्रो स्थानमा रहेको धनुषा जिल्लामा नौजनाको मृत्यु भएको […]
विकेट लिए पनि सन्दीपको टोली पराजित
काठमाडौं, ५ भदौ/रासस क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत शुक्रवार बिहान भएको खेलमा सन्दीप लामिछानेले विकेट लिए पनि उनको टोली जमैका तलावाज भने पराजित भएको छ। ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा सन्दीपले औसत खेल प्रदर्शन गर्दै एक विकेट लिन सफल भए। उक्त खेलमा ट्रिनबागो नाइट राइडर्स विजयी भयो। ट्रिनबागोले सन्दीपको जमैकालाई ७ विकेटले हराएको हो। […]
बन्द समयको दुरुपयोग
कुनै पनि समस्या आइपर्दा नआत्तिएर शान्त मनले एकान्तमा बसेर सोच्ने हो भने सहज उपायहरू निस्कन सक्छन् भन्ने मान्यता छ। होहल्ला वा भीडभाड नभएको ठाउँमा बसेर सोच्दा राम्रा उपायहरू फुर्ने भएकाले होला परापूर्वकालका ऋषिमुनिहरू तपस्याका लागि एकान्त स्थल रोज्थे। पुर्खाको सिको गर्दै हाम्रो मुलुकका राजनीतिक दलहरूले पनि आक्कलझुक्कल मौका पारेर एकान्तमा बैठक गर्ने गरेका छन्। […]
मेड इन चाइना
लघुकथा–ऋषि तिवारी ‘लखन्तरे’ बिहान मर्निङवाकको तयारीसँगै ढोकाको चुकुल खोल्न पुगें। ढोका बेलुका आफैंले लगाउने गरेको छु र बिहान पनि आफैंले खोल्ने गरेको छु। जतिजना परिवार छन् किन खोल्नुप–यो ढोका ? किन चुकुलमा हात सबै परिवारले लगाउनुप–यो ? चुकुल खोलें। बाहिरको ग्रिलको ताल्चा खोलें। फेरि कम्पाउन्डको मुख्य ढोका खोलें। त्यहाँ शङ्खे कीरा झुन्डिएको देखें। ऊ फ्यात्त […]