मिथिलाञ्चलमा चौठ चन्द मनाइयो

प्रस, जनकपुरधाम, ५ भदौ/
मिथिलाञ्चल क्षेत्रमा शुक्रवार चौठ चन्द पर्व मनाइएको छ। भाद्र शुक्लपक्षको चौथी तिथिका दिन मनाइने यस पर्वलाई मधेसमा छठपछिको दोस्रो ठूलो पर्व पनि भनिन्छ।
चौठ चन्द पर्वका दिन व्रत बस्ने, आँगनमा पूजा हुने भएकोले चामलको पीठोको कलात्मक अरिपन बनाइ त्यसमाथि पूजाका सामग्री राखेर पूजापाठ गरिन्छ। नयाँ माटोको भाँडोको दही, केरा, मिठाइ, फलफूलका साथै विभिन्न प्रकारका पक्वान राखेर देवीदेवतालाई चढाइन्छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्