जिएचपी माविको ३१औं वार्षिकोत्सव सम्पन्न

प्रस, परवानीपुर, १९ माघ/ जिएचपी माध्यमिक विद्यालयले ३१औं वार्षिकोत्सव कार्यक्रम आयोजना गरी मनाएको छ। विद्यालयकी प्रधानाध्यापक रोमिन्दर कौरको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, मधेस विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्य, परवानीपुर गापाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मी, प्रसौनी गापाका अध्यक्ष विनोदप्रसाद जैसवाल, सखुवाप्रसौनी गापाका अध्यक्ष यशवन्त यादव, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, […]

कोटिहोम महायज्ञको लागि शनिवार शोभायात्रा

प्रस, वीरगंज, १९ माघ/ बारा जिल्लाको विश्रामपुर गाउँपालिका– ५ इटियाहीमा हुन लागेको शिवशक्ति कोटिहोम महायज्ञको लागि शनिवार शोभायात्रा निकालिएको छ। १५ वर्षपछि आयोजना हुन लागेको महायज्ञ माघ २३ देखि फागुन १८ गतेसम्म सञ्चालन हुनेछ। वीरगंजस्थित नेशनल मेडिकल कलेजसँग जोडिएको इटियाही यस कोटिहोम आयोजनले धार्मिक अनुष्ठानको केन्द्र बन्नेछ। महायज्ञपूर्व बृहत् शोभायात्रा आयोजन गरिएको हो। शोभायात्रामा सयौंको सङ्ख्यामा […]

महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै

प्रयागराज, १९ माघ/एएनआई ७७ देशका नियोग प्रमुख र कूटनीतिज्ञसहित ११८ सदस्यीय प्रतिनिधिमण्डलले शनिवार प्रयागराजमा महाकुम्भको भ्रमण गर्नेछन्। यस अघि परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पत्रकार सम्मेलनमा बोल्दै विदेशी कूटनीतिज्ञले फेब्रुअरी १ मा हुने महाकुम्भ मेलाको भ्रमण गर्ने बताएका थिए। यसैबीच, मौनी अमावश्याका अवसरमा चलिरहेको महाकुम्भमा भएको भागदौडको छानबीन गर्न गठित तीन सदस्यीय न्यायिक आयोगले शुक्रवार […]

चौथो परवानीपुर गोल्डकप माघ २६ गतेदेखि

प्रस, परवानीपुर, १९ माघ/ चौथो परवानीपुर गोल्डकप फूटबल प्रतियोगिता यही माघ २६ देखि फागुन ३ गतेसम्म आयोजना हुने भएको छ।  परवानीपुर युथ क्लबको आयोजना र शक्ति युवा स्पोट्र्स क्लब परवानीपुरको सहआयोजनामा उक्त प्रतियोगिता परवानीपुर खेलमैदानमा हुने शनिवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ। प्रतियोगितामा मधेस प्रदेशका छ र बाग्मती प्रदेशका दुई गरी आठवटा टीमको सहभागिता छ।  […]

मौवादेवी युवा क्लबलाई उपाधि

प्रस, पर्सागढी, १९ माघ/ पर्सागढी नगरपालिका वडा नं १ कोइलाभारमाई खेलमैदानमा जारी दोस्रो कोइलाभारमाई नकआउट फूटबल प्रतियोगिताको उपाधि बाराको मौवादेवी युवा क्लब, बडर्वाले जितेको छ। कोइलाभारमाई युवा क्लब, मनवाद्वारा आयोजित शनिवार सम्पन्न फाइनल खेलमा मौवादेवीले पर्साको वनशक्तिमाई युवा क्लब, सिद्धपुरलाई पराजित गरेको थियो। मौवादेवीले शून्यका विरुद्ध तीन गोल अन्तरले वनशक्तिमाईलाई पराजित गरेको हो।  मौवादेवीका जर्र्सी […]

चैनपुर प्रिमियर लिग शुरू, इगलको विजयी सुरुआत

प्रस, परवानीपुर, १९ माघ/ बारा, परवानीपुर गाउँपालिका–४ चैनपुरमा शनिवारदेखि चैनपुर प्रिमियर लिग शुरू भएको छ। एउटै वडाका चारवटा टोलका दर्जनौं खेलाडीलाई मिलाएर छवटा टीम बनाइ यो प्रतियोगिता भइरहेको हो।  प्रतियोगिताको उद्घाटन परवानीपुर गापाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले गरेका थिए। प्रतियोगिता अन्तर्गत आज पहिलो खेल चैनपुर क्यापिटल र चैनपुर इगलबीच भएको थियो। जसमा चैनपुर इगलले नौ रन […]

बुद्धिजीवी परिषद्को अध्यक्षमा गुप्ता

प्रस, परवानीपुर, १९ माघ/ नेपाल बुद्धिजीवी परिषद् पर्साको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट श्याम गुप्ता सर्वसम्मतिले जिल्ला अध्यक्षमा चयन भएका छन्। नवनिर्वाचित समितिको उपाध्यक्ष रेयाज शाह, सचिव अशोककुमार साह, उपसचिवद्वय सरोज गिरी र विश्वास साह, कोषाध्यक्ष वशिर अहमदलगायत १२ सदस्यीय पदाधिकारी रहेका छन्। परिषद् पर्साका पूर्वअध्यक्ष सन्तोष साहको अध्यक्षतामा सम्पन्न अधिवेशनमा मधेस प्रदेश […]

रहस्यको खजाना हो ब्रह्माण्ड

यस शताब्दीको सबैभन्दा ठूलो खोज गर्दै अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पहिलो चोटी गुरुत्वाकर्षण तरङ्गहरूको झलक पाएको दाबी गरेका छन्। आइन्स्टीनले सापेक्षताको सिद्धान्त खोज गरेको ठीक १०० वर्षपछि वैज्ञानिकहरूले अति महत्वपूर्ण खोज गरेका हुन्। यस्तो अनुमान छ कि यस खोजपछि मानिसलाई ब्रह्माण्डका आश्चर्यजनक रहस्यहरूबारे थाहा हुनेछ। यी तरङ्गहरू प्रकाश तरङ्गभन्दा एकदमै भिन्न छन्। वैज्ञानिकहरू यी तरङ्गहरूलाई ग्रेभिटेशनल वेभ्स […]

शिक्षा ः उच्च लगानी, प्रतिफल किन न्यून ?

ओमप्रकाश खनाल नेपालको संविधान २०७२ को धारा ३१ को उपधारा २ ले बालबालिकाको आधारभूत शिक्षा अनिवार्य र निश्शुल्क हुने व्यवस्था गरेको छ। माध्यमिक शिक्षा निश्शुल्क हुने भनिएको छ। तर, सरकारी तथ्याङ्क अनुसार कक्षा १२ उत्तीर्ण गर्ने विद्यार्थीको सङ्ख्या हेर्दा यो ५० प्रतिशतको हाराहारीमा देखिन्छ। आर्थिक सर्वेक्षणले प्रकाशित गरेका तथ्यहरूलाई केलाउने हो भने विद्यालय जाने उमेरका […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।