चिरञ्जीवी सापकोटा, ठोरी, २ माघ/
मधेस प्रदेशको पहिलो पर्यटकीय क्षेत्र ठोरीमा जङ्गल सफारीको लागि बुधवारबाट निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिले सफारी मार्ग निर्माण कार्य शुरू गरेको छ ।

गत वर्ष जङ्गल जीप सफारीको सफल परीक्षण गरेको निर्मल–ठोरी उपभोक्ता समितिले यस वर्षदेखि औपचारिकतासहित जङ्गल सफारी गर्नेगरी मार्ग निर्माण कार्य सुरुआत गरिएको निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए । आज जङ्गलमा भूमिपूजा र वनदेवीपूजा गरी मार्ग निर्माण शुरू गरिएको बस्नेतले बताए ।

ठोरी गापा–२ ले ५० हजार इन्धन खर्चको लागि बजेट विनियोजन गरेको र गापाको सहयोगमा निर्मल–ठोरीले समेत आर्थिक लगानी गरी जङ्गल सफारी मार्ग निर्माण शुरू गरिएको अध्यक्ष बस्नेतले बताए ।

चितवन राष्ट्रिय निकुञ्जबाट माघ महीनाभित्र सफारी अनुमति ल्याइ पर्यटकहरूलाई जङ्गल सफारी गराउने गरी तयारी गरिएको उनले बताए । ठोरी गापा–२ गौतमनगरबाट इच्छानगर हुँदै ठोरी–३ को शिकारीबाससम्म सफारी गराइने, पर्यटकहरूले वन्यजन्तुहरूको आनन्द लिंदै आवतजावत गर्दा २३ किलो मिटर सफारी गराइने अध्यक्ष बस्नेतले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here