प्रस, निजगढ, २६ पुुस/
केपीशर्मा ओलीको सरकार यस अघि पटकपटक बने पनि करीब तीन दशक अघिदेखि चर्चा चलेको बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन उपयुुक्त हुने विज्ञ टोलीले राय, सुुझाव दिए पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेतर्पm ध्यान नगएपछि हिजो बिहीवार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तत्काल अघि बढाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
नेपाल वायुु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल गरेपछि समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक रहेको निष्र्कष निकाल्दै सो निर्देशन दिएको हो । समितिको निर्णयमा भनिएको छ– राष्ट्रिय महŒव, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई शीघ्र अघि बढाउन नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने जनाएको छ । समितिले वायुसेवा निगमको व्यावसायिक योजनालाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउन पनि निर्देशन गरेको छ । व्यावसायिक योजनालाई पूर्णरूपमा कार्यान्वयनमा ल्याइ सोको प्रगति समितिमा पेश गर्न तथा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरूबीच सम्झौता, समन्वय एवं पहलकदमी लिन पनि निर्देशन गरेको जनाएको छ । पर्यटन मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयन योग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी समितिलाई जानकारी गराउन पनि भनिएको जनाइएको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले मिति २०८० कात्तिक २३ गते बिहीवार विमानस्थल निर्माण गर्ने निर्णय गरेको थियो । सङ्घीय राजधानी काठमाडौंस्थित एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भौगोलिक दृष्टिले अति नै जोखिमपूर्ण रहेको यस अघि नै पटकपटक सार्वजनिक भइसकेको छ । त्यसमाथि यात्रुको बढ्दो चापसँगै बढ्दो हवाईजहाजको चापका कारण पनि यस विमानस्थलको विकल्पमा जतिसक्दो छिटो अन्य उपयुुक्त स्थानमा मापदण्ड पूरा गरी अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने आवश्यकतासँगै बाध्यता छ ।
अघिल्लो आर्थिक वर्षमा बाराको निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले उचित रकम छुुट्याइ काम शुुरू गर्नुपर्ने हो, तर गरेन । चालू आर्व २०८१/८२ को बजेट भाषणमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निजी–साझेदारीमा निर्माण गर्न आगामी आर्थिक वर्षभित्र लगानीको ढाँचा र पूूर्वतयारी कार्य सम्पन्न गरिने बताएका थिए ।