प्रस, पंचगावाँ, २६ पुस/
सखुवाप्रसौनी गाउँपालिकामा किसानहरूलाई वितरण गरिएको मलमा विभेद भएको एकजना किसानले आरोप लगाएका छन् ।
सखुवाप्रसौनी गापा–३ प्रसौनी निवासी विनोद यादवको खेती वडा नं २ मा रहेको र त्यहाँका वडाध्यक्ष तथा सहकारी संस्थाले आफूलाई मल नदिएको आरोप लगाएका छन् । उनले घर भएको वडाबाट पनि मल प्राप्त नभएको र जग्गा भएको वडाबाट पनि मल उपलब्ध नगराइएको भन्दै गुनासो गरे । उनले छ बिघा खेत रहेको र अन्य किसानहरूसरह आफूले पनि दामासाही हिसाबमा मल माग गर्दा बेवास्ता गरिएको आरोप लगाए ।
वडाध्यक्ष चिरञ्जीवी महतो थारूले एक हजार ३३० हेक्टर खेतीयोग्य जग्गा रहेको तर ९५० हेक्टर जग्गालाई मात्र पुग्ने मल उपलब्ध भएकोले वितरणमा समस्या भएको बताए । उनले आप्mनो वडामा कोडेक सहकारी संस्थामार्फत मल वितरण भइरहेको जानकारी गराएका छन् ।
गापा उपाध्यक्ष शर्मिला विष्ट महतोले वडाध्यक्ष र सहकारीसँग बुझेर बताउने जानकारी गराइन् । उनले गापाले वडापिच्छे मल वितरणको मापदण्ड बनाएको र सोअनुरूप वितरण हुनुपर्नेमा त्यस्तो नभएको पाइए कारबाई गर्ने बताइन् ।
कृषि ज्ञान केन्द्र, पर्साले सखुवाप्रसौनीमा कोडेक, कारोबार, कोपिला, फिजा, रिमझिम, बेलमाई, जलकृषि, बालीनाली र मङ्गलबाबा गरी नौवटा सहकारीलाई छवटा वडामा मल वितरणको जिम्मेवारी दिएको छ । केन्द्रले छवटै वडाको लागि युरिया र डिएपी मल उपलब्ध गराएको थियो । वडापिच्छे क्ष्Fेत्रफल निर्धारण गरी मल उपलब्ध गराइए पनि वडा नं २ मा मल वितरणमा भेदभाव भएको किसानले आरोप लगाएका छन् भने अन्य वडामा यस प्रकारको आरोप सुन्नमा आएको छैन ।