काठमाडौं, १२ पुस/रासस
नेपाली चलचित्र सफल हुनुको महŒवपूर्ण कारण गीतसङ्गीत पनि मानिन्छ । राम्रो गीतले दर्शकलाई चलचित्र भवनसम्म ल्याउँछ भन्नेहरू पनि छन् । त्यति मात्रै होइन, चलचित्रको प्रचारप्रसारकै लागि पनि गीत प्रभावकारी मानिन्छन् ।

पछिल्लो समय भिडियो शेयरिङ साइट टिकटक र फेसबूकको रिल्स गीत दर्शकसम्म पु¥याउने र चलचित्रको प्रचारप्रसारका लागि गतिलो माध्यम बनेका छन् ।

‘प्रेम गीत’, ‘नाइँ नभन्नु ल’, ‘म यस्तो गीत गाउँँछु’लगायत चलचित्रलाई सफल बनाउन गीतसङ्गीतको भूमिका महŒवपूर्ण मानिन्छ । यस वर्ष मात्र सफल भएका चलचित्रहरू ‘बोक्सीको घर’मा समावेश ‘बुझिनँ मैले’, ‘पूर्णबहादुरको सारङ्गी’ मा समावेश ‘काधे खुकुरी’ गीतलाई प्रचारप्रसारको सशक्त माध्यम मानियो । यद्यपि केही समययता गीतसङ्गीतमा उल्लेख्य लगानी भएको पाइँदैन ।

गीतसङ्गीतमा गरिने लगानी अझै बढ्नुपर्ने सङ्गीतकार अर्जुन पोखरेलको बुझाइ छ । उनी भन्छन्, “चलचित्रमा हुने गीतसङ्गीत जति सुन्दर भयो, त्यति नै चर्चा हुन्छ । किनकि यो सुनेसँगै हेर्न पनि आकर्षक हुनुपर्छ । गीत अनुसारको दृश्य हुनु जरुरी छ ।”

निर्देशक पुर्नेन्दु झाले चलचित्रको पहिलो प्रचार नै गीतमार्पmत हुने बताए । उनले नेपालसँगै भारतीय चलचित्रलाई प्रचार गरिदिने बलियो माध्यम गीतसङ्गीत रहेकामा जोड दिए ।

“चलचित्रको प्रचारप्रसार शुरू नै गीतमार्पmत गर्ने प्रचलन छ । किनकि यसले पहिलो प्रभाव पार्छ । त्यसपछि अन्य ट्रेलरलगायत सामग्री सार्वजनिक गर्ने गरेका छौं,” निर्देशक झाले भने ।

उनले आफू निर्देशित पहिलो चलचित्र ‘संरक्षण’को गीतका लागि होलीको माहोल सिर्जना गरेका थिए । उक्त गीतले नै दर्शकसम्म चलचित्रबारे पहिलो जानकारी पु¥याउन सफल भएको बताए ।

निर्देशक अनिल योञ्जन आफ्ना चलचित्रमा कथा सुहाउँदो गीतसङ्गीत चयन गर्छन् । आउँदो एक चलचित्रका लागि उनले गीतसङ्गीत निर्माणमा निकै मेहनत गरिरहेका छन् । उनले दर्शकसम्म आफ्नो चलचित्रका बारेमा गीतले नै जानकारी गराउनाका साथै प्रचार गरिदिने बताए ।

“कथा अनुसार नै गीतको प्रयोग चलचित्रमा हुन्छ । यद्यपि गीत राम्रो छ भने प्रचारका लागि मात्र पनि प्रयोग गर्न सकिन्छ,” निर्देशक योञ्जनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here