काठमाडौं, २२ साउन/रासस
देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेङ्गीबाट एकजनाको मृत्यु भएको मङ्गलवार जनाएको हो ।
गत पुसदेखि हालसम्म देशभर दुई हजार ३६५ जना डेङ्गीबाट सङ्क्रमित छन् । डेङ्गी सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । कोशी प्रदेशमा ५३७, मधेसमा ४६, बाग्मतीमा ७४७, गण्डकीमा ५०८, लुम्बिनीमा २४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा २४२ जना सङ्क्रमित भएका छन् । काठमाडौं उपत्यकामा २८७, कास्कीमा १३७, झापामा १३३, चितवनमा ११६ र तनहुँमा ११० जना सङ्क्रमित
छन् । त्यसैगरी, हैजा सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ ।
देशभर ३० जनामा हैजा पुष्टि भएको इडिसिडीले जनाएको हो । हालसम्म हैजाबाट कसैको पनि मृत्यु भएको छैन ।