काठमाडौं, २१ साउन/रासस
मित वा मितिनी साइनोको छुट्टै महŒव छ । उक्त साइनो गाँस्ने लगाउने चलन नेपालको पुरानै हो । अहिले पनि यो चलन हटेको छैन । त्यसले एकापसमा सम्बन्ध विस्तार मात्रै गर्दैन, एकअर्कामा साथ, सहयोग र सहकार्यलाई उच्च स्थान दिन्छ । यो विश्वमैं फरक खालको सम्बन्ध मान्न सकिन्छ ।

नेपालीले आफ्नो परिवारपछि अर्को नजीकको सहयात्रीका रूपमा मित/मितिनी सम्बन्ध कायम गर्छन् । त्यही सम्बन्धलाई उजिल्याइदिएका छन्, फोटोग्राफर रविक उपाध्यायले । नेपाली महिलाको ‘मितिनी’ चलनलाई दृश्य कथामा कैद गरेर उनले मित/मितिनीको महŒवलाई बढाइदिएका छन् ।

उनको महिलाको मितिनी फोटो कथा अहिले नेपाल कला परिषद् बबरमहलमा प्रदर्शन भइरहेको छ । दृश्य कथामा बाल्यकालमा जोडिएको मितिनी सम्बन्ध जीवनको उत्तराद्र्धसम्म पनि उत्तिकै सौहाद्र्रमय रहने देखाएको छ । साना–ठूला सुखदुःखका साक्षी र सहयोगी भूमिकामा मितिनीहरूले आफ्नो परिवारलाई सघाउने गरेको दृश्यले मन छुन्छ ।

बिनुकुमारी गुरुङ र लीलामाया अधिकारी फरकफरक समुदायका हुन्, तर मितिनी सम्बन्धले उनीहरूमाथि सबै छेकबार भत्काइदिएको छ । जङ्गलमा गाईवस्तु घाँसदाउरा गर्दा भएको भेटलाई मितिनी सम्बन्ध विस्तार गरेका उनीहरूले बुढेसकाल आउनै लाग्दा पनि त्यो सम्बन्ध कायम राखेका छन् ।

यस्तै, अर्काे तस्बिरमा ५७ वर्षकी सन्तमाया अधिकारीले ५९ वर्षकी पानसरी गुरुङलाई एक मुठा सुकेको लसुन कोसेली पठाएकी छन् । सन्तमाया आफ्नो बुढ्यौली सासूसँग बस्दा पानसरीलाई विरलै भेट्न पाउँछिन् तर यस्ता उपहारले उनीहरूको सम्बन्ध र सम्झनालाई ताजै बनाइदिएको छ । पानसरी पनि घरकै कामले सन्तमायालाई भेट्न पाउँदिनन् । गाउँलेमार्पmत यस्तै उपहार आदानप्रदान हुँदा भने उनीहरूमा सम्झना ताजा बनेर आइदिने गरेको छ ।

अर्का फोटोग्राफर इसान तिवारीको फोटो कथाले प्रथम स्थान हासिल गर्न सफल पनि भएको छ । तिवारीले ‘सहयात्रा’ शीर्षकमा मधेसका बालबालिकामा शिक्षाको पहुँचको कथा कैद गरेका छन् । तस्बिर लिन तिवारी मधेस प्रदेशका बारा र रौतहट जिल्ला पुगेका थिए ।

उनले मधेसका बालबालिकाको विद्यालय, घर तथा समुदायमा भएका रोचक गतिविधिहरूलाई फोटोमा कैद गरेका छन् । त्यसमा उनीहरूको रहनसहन, खेलकूद, विद्यालय अध्ययन, सामाजिक गतिविधिलाई समावेश गरिएको छ । बालापन झल्काउने उनका दृश्य कथामा मधेसको कमजोर आर्थिक– सामाजिक अवस्थाका बालबालिकाले शिक्षा पाउँदाको खुशी देख्न सकिन्छ, जहाँ बालबालिकाको मुहारमा चमक झल्किरहेको पाइन्छ ।

फोटो प्रदर्शनीमा सुशील विश्वकर्माले ‘तृष्णा’ शीर्षकमा फोटो कथा देखाएका छन् । त्यसमा उनले जाजरकोटको कुदु गाउँको पानीको कथालाई फोटोमा उतारेका छन् । तल भेरी नदी कलकल बगिरहेको छ भने गाउँमा खानेपानीको चर्को अभाव छ । त्यो अभावलाई पूर्ति गर्दै पानीको बचत र सरसफाइलाई ध्यान दिन त्यहाँ नेपाल, युरोपेली सङ्घ र फिनल्यान्डको सहकार्यमा सञ्चालित परियोजनाले काम पनि गरिरहेको छ । त्यहाँको पानीको समस्यालाई समाधान गर्न फोटो कथाले आह्वान गरिरहेको छ ।

काठमाडौं विश्वविद्यालयमा अध्ययनरत २३ वर्षीया दृश्य कथाकार आकृति श्रेष्ठले मधेसमा प्लास्टिक बोतलको पुनप्र्रयोगको विषयलाई ‘कुर्था एक्सप्रेस’ शीर्षकमा तस्बिर कथा प्रस्तुत गरेकी छन् । फोहरबाट सङ्कलन गरिएका ती बोतलहरू त्यहाँका बासिन्दाको आम्दानीको स्रोत बनेका छन् ।

त्यसले वातावरणीय प्रदूषण कम गर्दै सन्तुलन राख्न सघाएको छ । साथै फोहरबाट मोहर कमाएर आर्थिक पाटोलाई कसरी मधेसका समुदायले अँगालेका छन् भन्ने कथा उनको तस्बिरमा देखिन्छ ।
“मैले प्लास्टिक फोहरलाई पुनर्प्रयोग गर्ने प्रक्रिया र यस प्रक्रियामा सहभागी महिला र पुरुषको जीवनलाई चित्रण गरेकी छु,” आकृतिले भनिन्, “चक्रीय अर्थव्यवस्था भनेको फोहर घटाउने र वातावरण संरक्षण गर्ने मात्र नभई यसले सिर्जना गर्ने रोजगारमा निर्भर व्यक्तिहरूको जीवन पनि हो।”

नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धका ५० वर्ष पुगेको अवसरमा दृश्य कलाकारले तयार पारेका दृश्य कथाहरू नेपाल कला परिषद्मा प्रदर्शनीमा राखिएका हुन् । नेपालस्थित युरोपेली सङ्घको दूतावासले उक्त फोटो कथा प्रदर्शनी आयोजना गरेको हो ।

‘मित्रता’ शीर्षकमा गरिएको तस्बिर कथा प्रदर्शनीबारे सङ्घका राजदूत भेरोनिक लरेन्जोले नेपाल–युरोपेली सङ्घबीचको सम्बन्ध र सम्झनालाई देखाइएको बताए । दुई पक्षबीचको मित्रतासँगै जनसम्बन्धको भाव फोटो प्रदर्शनीले व्यक्त गरेको राजदूत लरेन्जोले उल्लेख गरेका छन् । उनले नेपालसँगको विकास साझेदारीसँगै मित्रता थप बलियो बनाउने आफ्नो चाहना रहेको र त्यसैको प्रतिफल प्रदर्शनी भएको पनि बताए ।

यसपटकको उक्त प्रदर्शनीमा चार फरक कथामा चारजना फरक युवा फोटोग्राफरलाई मित्रताको दृष्टिकोणबाट अभिव्यक्त गर्न भनिएको थियो । ती कथाहरू फोटोग्राफी प्रतियोगितामार्पmत छनोट गरिएका हुन् । फोटो प्रतियोगिताका लागि गरिएको आह्वानमार्पmत नेपालका युवापुस्ताको प्रतिभा उजागर गराउँदै देशका विभिन्न क्षेत्रका विषयहरू ल्याउन उनीहरूलाई प्रोत्साहन गरिएको थियो । उनीहरूले तयार पारेका दृश्य कथामा मित्रता, प्रजातन्त्र, मानव अधिकार र दिगो विकासका साझा मूल्यहरूलाई प्रस्तुत गरिएका छन् ।

सङ्घका अनुसार यसले नेपालको शिक्षा, स्वास्थ्य, दिगो विकास र सांस्कृतिक सम्बन्धमा युरोपेली सङ्घले योगदानमा जोड दिंदै नेपालको जनस्तरको सम्बन्धलाई उजागर गरी उपलब्धिमाथि उत्साह मनाउने र भविष्यको सहकार्यमा प्रेरित गर्छ । यसमा फोटोग्राफरले देशभर यात्रा गरी समाजका कथा अभिव्यक्त गरेका छन् ।

फोटो प्रतियोगिताका लागि विकास रौनियार, रम्यता लिम्बूसहितका फोटो पत्रकारहरू निर्णायक थिए । उनीहरूले फोटोको भाव र कथाका आधारमा निर्णय दिएका थिए । शुक्रवारदेखि
शुरू भएको फोटो कथा प्रदर्शनी यही साउन ३२ गतेसम्म कलापरिषद्मा
हुनेछ ।

सन् १८५१ मा नेपालका तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत र फ्रान्सको भ्रमण गरेसँगै नेपालको विश्व सम्बन्ध युरोपबाटै शुरू भएको बताइन्छ । फ्रान्सका अध्यता साल्भियन लेभीले सन् १९६२ र इटलीका गसेप टक्कसीले सन् १९५२ मा नेपाल आएर यहाँको सामाजिक–सांस्कृतिक इतिहासको अध्ययन गर्दै नेपाललाई विश्वमाझ पु¥याउन काम गरेका स्मरण गरिन्छ । सन् १९६२ मा नेपाल आर्ट काउन्सिल स्थापना भएसँगै नेपालमा विश्वको आधुनिक कला प्रवद्र्धन थालिएको मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here