बाग्मती, १८ साउन/रासस
हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ५१.५ किलोग्राम गाँजासहित तीनजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरी चौकी रातोमाटेबाट खटेको टोलीले हेटौंडाबाट पथलैयातर्पm जाँदै गरेको प्रदेश ०३–००१ च २११६ नम्बरको स्कारपियो गाडीलाई रोकेर जाँच गर्दा ३३ किलो गाँजासहित हेटौंडा उपमहानगरपालिका–५ का चालक ३४ वर्षीय विनोद सेवा र सोही पालिका–१३ का ३५ वर्षीया सुनीता तामाङ पक्राउ परेका हुन् ।

यसैबीच, प्रहरी चौकी रातोमाटेबाट खटेको टोलीले सोही स्थानबाट १८.५ किलो गाँजासहित बिआर ०५ पिबी ७३६४ नम्बरको अटोचालक भारत बेतिया जिल्ला थाना मझौलियाका ३० वर्षीय मुसादेव आलमलाई पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here