काठमाडौं, १८ साउन/रासस
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्नुपर्ने बताएका छन् ।
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर खड्काको स्वागतमा शुक्रवार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खड्काले सरकार सञ्चालनको दायित्वसँगै जनतालाई अनुभूत हुनेगरी काम गर्नुपर्ने बताए ।
“मुलुकको आर्थिक विकास ऊर्जा र सिंचाइ क्षेत्रबाट सम्भव छ, त्यसको विकासका लागि सबै मिलेर अगाडि बढ्नुपर्छ,” उनले भने । जिम्मेवारी हेरफेर हुँदैमा कर्मचारीले कुनै चिन्ता लिनुपर्ने कारण नभएको उनको भनाइ थियो ।
ऊर्जामन्त्री खड्काले दुई ठूला राजनीतिक दल मिलेर स्थायी सरकार बनेकाले अब जनताले परिवर्तन भएको अनुभूति लिनेगरी काम गर्नुपर्ने उल्लेख गरे । उनले मुलुकको आवश्यकतालाई विश्लेषण गरेर अगाडि बढ्नुपर्ने बताए ।
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले ऊर्जा र सिंचाइ क्षेत्रको विकासका लागि योजना बनाएर अगाडि बढ्नुपर्ने बताए । उनले वर्षायाम शुरू भएकाले देशैभर बाढी र पहिरो जाने भएकाले त्यसको अध्ययन आवश्यक रहेको उल्लेख गरे ।
“हामी मुलुक कसरी बनाउन सकिन्छ, त्यसतर्पm लागौं, ऊर्जा र सिंचाइ क्षेत्रको विकास नै हाम्रो मुख्य प्राथमिकता हो,” उनले भने । जनतालाई बचाउन सकेमात्र देश बच्ने उनको भनाइ
थियो ।