वीरगंज (पर्सा), २५ असार/रासस

कृषि ज्ञान केन्द्र, पर्साका अनुसार पर्सामा ६० प्रतिशत रोपाइँ भएको छ। हालसम्म २८ हजार २७८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ। यो जिल्लामा ४७ हजार १३० हेक्टरमा धानखेती हुने गरेको छ।

केन्द्रका अनुसार साउनको दोस्रो सातासम्म पर्सा जिल्लाका सबै ठाउँमा रोपाइँ सकिनेछ। विगतका वर्षको तुलनामा यो वर्ष मनसुन पनि चाँडो भित्रिएको र भारतीय पक्षले गण्डक नहरबाट पानी पनि उपलब्ध गराएकोले रोपाइँले गति लिएको हो। पर्सामा आव २०७८/७९ मा दुई लाख ३३ हजार १३५ मेट्रिकटन धान उत्पादन भएको थियो। यहाँ हरदिनाथ, सोनामन्सुली, सावित्री जातका धान रोप्ने गरिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here