सफलता प्रत्येक मानिसको जन्मसिद्ध अधिकार हो। जीवनका विभिन्न क्षेत्रका उपलब्धिहरू मिलेर सफलता बन्दछ, जसका साथ जीवनमा सन्तुष्टिको भाव पनि जोडिएको हुन्छ। यसका साथ एउटा यस्तो उत्तराधिकार आउँदो पीढीका लागि छोड्नु पनि सफलताको हिस्सा हो, जसमा एउटा श्रेष्ठ जीवनको प्रेरक सुगन्ध विद्यमान होस्।

प्रत्येक मानिस सफल जीवनको अधिकारी हुन सक्दछ, यदि उसले केही जाँचेबुझेका सूत्रहरू जीवनमा धारण गर्दछ, तिनको अनुसरण गर्दछ भने। यसमा सर्वप्रथम हो–जीवन–लक्ष्यको स्पष्टता। यसमा एउटा त आफ्नो कर्तव्य कर्मसँग, नोकरी पेशासँग जोडिएको लक्ष्य हो, जसका साथ आर्थिक सुरक्षादेखि परिवार–समाजप्रति दायित्वबोधको भाव पूरा हुन्छ।

यसका साथ आफ्नो मौलिकता एवं क्षमता अनुरूप केही विशिष्ट योगदानको पालो आउँछ, जुन एउटा प्रकाशपूर्ण जीवनको रूपमा सबैका लागि प्रेरणा एवं अनुगमनको स्रोत हुन्छ। यद्यपि यो क्रमिकरूपमा मात्र सम्भव हुन्छ र दीर्घकालीन प्रयास–पुरुषार्थको फल हुन्छ। यसका लागि नियमित काम गर्नुपर्दछ।

जीवनलक्ष्य एक दिनमा सिद्ध हुँदैन, यसका लागि नियमित काम गर्नुप्र्दछ। काम जतिसुकै ठूलो किन नहोस्, शुरूआत सानासाना पाइलाबाट गर्नुपर्दछ। यसैगरी ठूलो लक्ष्यलाई सानोसानो टुकडामा बाँडेर नियमितरूपले हासिल गर्नुपर्दछ।

यसका साथ काम लाग्छ त्यो अध्यवसाय, जसले तबसम्म साथ छाड्दैन, जबसम्म लक्ष्य प्राप्त हुँदैन–जसले तमाम विफलता, बाधाहरूका बावजूद प्रयास जारी राख्दछ, काम फत्ते गरेर मात्र सास लिन्छ। यसका लागि आप्mनो दीर्घकालिक र तात्कालिक लक्ष्यहरूलाई सूचीबद्ध गर्नुपर्दछ। जसले गर्दा महत्वाकाङ्क्षी लक्ष्यले पनि व्यावहारिक स्वरूप लिन्छ र यसको उपलब्धि सुनिश्चित हुन्छ।

यसका लागि समय साधना गर्नुपर्दछ, समय सीमामा काम गर्ने बानी बसाल्नुपर्दछस किनकि समयमा गरेको कामको नै महत्व हुन्छ। यसका लागि केही मिनटदेखि घण्टामा विषय वा कामलाई विभाजित गर्न सकिन्छ। कामलाई कठिन बनाउनुको साटो नियमित रूपले गर्ने अध्यास बढी महत्वपूर्ण हुन्छ।

हार्डवर्कको साटो स्मार्टवर्क बढी उपयुक्त हुन्छ, जसले थोरै हैरानी सहेर राम्रो परिणाम हासिल हुन्छ। सानासाना सफलता र उपलब्धिहरूका साथ हासिल हुने लक्ष्यले ठूलो लक्ष्यका लागि आवश्यक उत्साह जोगाइराख्छ। साथै प्रत्येक पाइलाका साथ प्राप्त भएको सबक सिक्ने र प्रयोग गर्नाले भविष्यमा पाउने सफलता सरल हुँदै जान्छ।

यसका लागि स्मार्ट लक्ष्यको कुरा भनिएको छ, जसका पाँच आयाम छन्, ती स्पेसेफिक, मेजरेबल, अटेनेबल, रेलिवेन्ट र टाइम–बेस्ड हुन् अर्थात् तिनले स्पष्टता लिएका हुन्, जसको प्रगतिको मापन गर्न सकियोस् जुन प्राप्य होस्, सार्थक होस् तथा समय आधारित होस्। यी सबका साथ लक्ष्यको सम्बन्धमा आफ्नो रुचि हुनु पनि महत्वपूर्ण कारक हुन्छ। यसबाट लक्ष्यतर्फ बढेको प्रत्येक पाइलाले, त्यो जतिसुकै कठिन र दुष्कर होस्, मानिसलाई गतिशील राख्दछ।

अतः हातमा भएको कामलाई रुचिका साथ गर्नुपर्दछ र यदि रुचि छैन भने रूचि जगाउनुपर्छ। यसको लाभमा विचार गरौं र यसका रुचिकर पक्षलाई हातमा लिएर अगाडि बढौं। बाटोमा नयाँ कुरा सिक्दै र नयाँ मानिसहरूसँग भेट्दै गर्दा उत्साह बढ्दछ, जसले बाटो चुनौतीपूर्ण भए पनि आनन्ददायी बन्छ। साथै आफ्नो कार्यक्षेत्रलाई पनि रुचिकर बनाऔं, जसले काम गर्न राम्रो लागोस्। यसका लागि कार्यस्थल एवं परिवेश स्वच्छ, प्राकृतिक एवं सुव्यवस्थित बनाएर त्यहाँ उचित प्रकाश आदिको व्यवस्था गरौं।

सफलताको मार्गमा कैयौं प्रकारका समस्या, चुनौती एवं अवरोध आउँछन्। यी मोबाइल फोनदेखि फलानो टिवी शो वा सोशल मीडियाको रूप हुन सक्दछन्, जसले तपाईंलाई तनावमा राख्छन्। यी आलस्य, प्रमाद, संशय आदिको रूपमा पनि हुन सक्दछन्। यिनको सूची बनाउँ र यीबाट पार पाउने रणनीति बनाएर दृढताका साथ पालन गरौं।

यी अवरोध केही क्षणका लागि आउँछन् र कठिन परीक्षा लिन्छन्। यिनको दृढतापूर्वक सामना गरौं र यीबाट आवश्यक सबक सिकेर, लक्ष्यतर्फ बढौं। बिस्तारै बिस्तारै तपाईंको एकाग्रता बढ्दै जान्छ र तपाईं काममा सफलतातिर लम्किरहेको देखिनुहुनेछ। यस प्रकार जुन आप्mनो नियन्त्रणमा छ, त्यसमा ध्यान दिउँ, जसमा तपाईंको नियन्त्रण छैन, त्यसमा बढी ध्यान नदिउँ।

लक्ष्यमा ध्यान केन्द्रित गर्नुका साथै यो पनि ध्यानमा राखौं कि अत्यधिक श्रम र थकाइबाट बचौं। आफ्नो यात्रालाई उत्पादक बनाइराख्नुको साथै रुचिकर पनि बनाइराख्नुपर्छ। तपाईंको लक्ष्य यस्तो होस् कि त्यो तपाईंका लागि सतत आनन्दको स्रोत बनोस्, एउटा पट्यारलाग्दो यात्रा नबनोस्। यस्तोमा यो चुनौतीपूर्ण हुनुका बावजूद तपाईंको यात्राको रोमान्च जोगिइरहन्छ। यात्रालाई रुचिकर बनाउनका लागि बीच–बीचमा विश्रान्तिका पल पनि जोड्न सकिन्छ तथा केही पुरस्कार पनि।

यसका साथै आफ्नो जीवनशैलीमा पनि ध्यान दिउँ, यसलाई सन्तुलित राखौं तथा असल बानी विकसित गरौं। समयमा सुत्ने–उठ्ने बानी, उचित समय र तनाव प्रबन्धन, वाणी–व्यवहारको संयम तथा आपसी सम्बन्धमा मधुरता आदिमा ध्यान दिउँ। नियमितरूपले आत्म–विश्लेषण गरौं तथा आफ्नो मौलिकतालाई चिनौं, यसलाई खारौं तथा विकसित गरौं।

यसको वरिपरि जीवनका सफलता तथा उत्तराधिकार निर्धारित गरौं। यताउति भौंतारिन छाडेर आफ्नो अन्तर्वाणी सुनौं, आफ्ना गुरुजनका वचन याद गरौं तथा स्वधर्ममा अडिग रहौं। यी सूत्रहरूका आधारमा जीवनका बाह्य–आन्तरिक सबै पक्ष सुध्रन्छ र समयका साथ समग्र सफलताको मार्ग प्रशस्त हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here