महेन्द्रनगर (धनुषा), २७ जेठ/ रासस

मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

मुख्यमन्त्री सिंहको सिफारिशमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आइतवार जनमत पार्टीका तर्फबाट त्रिभुवन साहलाई वन तथा वातावरण मन्त्री र मोहम्मद सकिल मियाँलाई विनाविभागीयमन्त्री नियुक्त गरेकी छन्।

यसअघि विनाविभागीय राज्यमन्त्री नियुक्त रञ्जुकुमारी मण्डल खङ्गलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी  दिइएको छ।

मन्त्री साह सिराहाको क्षेत्र नं ४ को (क) बाट निर्वाचित हुन्। उनीहरूलाई आजै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन्।

यससँगै मधेस प्रदेश मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ। यसअघि मुख्यमन्त्री सिंहले १० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here