न्युयोर्क, २६ जेठ/रासस

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी वन्दना राणा निर्वाचित भएकीछन्। उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन्। राष्ट्रसङ्घीय समितिमा वन्दना राणा निर्वाचित शुक्रवार अमेरिकाको न्युयोर्कमा भएको मतदानमा राणा १४६ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनले सन् २०२५ देखि २०२८ सम्म कार्यभार सम्हानेछिन्।

नेपालको तर्फबाट विजयी भएपछि राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले सदस्य राष्ट्रहरूले गरेको सहयोगका लागि धन्यवाद दिए। तेइस सदस्यीय उक्त समितिले विश्वव्यापी रूपमा महिलाले भोग्नुपरेका समस्या, राष्ट्रसङ्घमा जनाइएका प्रतिबद्धता कार्यान्वयनलगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदबारे अनुगमन गर्ने गर्छ। उक्त समितिको कार्यालय जेनेभामा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here