युट्रस अर्थात् पाठेघरको भित्तामा बनेका गाँठोलाई फाइब्रोइड भनिन्छ। यसलाई मेडिकल भाषामा लियोमायोमा पनि भनिन्छ। यो गाँठो क्यान्सरको गाँठोभन्दा फरक हुन्छ। महिलामा महीनावारी शुरू भएपछि यसको जोखिम हुन्छ। फाइब्रोइड हुनुको वास्तविक कारण अहिलेसम्म थाहा हुन सकेको छैन।
फाइब्रोइडका लक्षणहरूमा महीनावारीको समयमा धेरै रगत बग्नु, पेल्भिक क्षेत्रमा गहिरो पीडा हुनु, लामो अवधिको चक्र समावेश हुन्छ। यद्यपि कतिपय अवस्थामा फाइब्रोइडको कुनै लक्षण देखिंदैन। यी गाँठोको औषधि र शल्यक्रियाद्वारा उपचार गर्न सकिन्छ। तर केही फलपूmल यस्ता छन्, जसले यसलाई प्राकृतिक रूपमा सुकाउन मदत गर्छ। यहाँ हामी तपाईंलाई केही यस्ता फलफूलबारे बताउँदैछौं।
स्याउ : एनसिबिआईमा प्रकाशित रिपोर्ट अनुसार पेक्टिनले भरपूर स्याउले शरीरमा एस्ट्रोजनको स्तर सन्तुलनमा राख्न मदत गर्छ। जसका कारण पाठेघरमा गाँठोको वृद्धि रोकिन्छ। यसको नियमित सेवनले फाइब्रोइडको जोखिम पनि कम हुन्छ।
जामुन : ब्लुबेरी, शहतूत, रास्पबेरी र अङ्गुरमा प्राकृतिक रेसेभेराट्रोल हुन्छ। अध्ययनले देखाएको छ कि रेसेभेराट्रोलले कोशिकाको वृद्धि र गर्भाशय फाइब्रोइड कोशिकाहरूलाई बढ्न दिंदैन।
सुन्तला (अमिलो फल) : भिटामिन सीले भरपूर सुन्तलाजस्ता सिट्रस फलपूmलले फाइब्रोइडको वृद्धि रोक्नुको साथै यसले प्रजननसम्बन्धी समस्या कम गर्न पनि मदत गर्छ। दिनहुँ एकदेखि दुईवटा सिट्रस फलपूmल खाने महिलामा अन्य महिलाको तुलनामा फाइब्रोइडको जोखिम कम हुन्छ।
अम्बा : अम्बामा भिटामिन सी, एन्टिअक्सिडेन्ट, प्रोटिन र डाइटरी फाइबर प्रचुर मात्रामा पाइन्छ, जसले गर्दा फाइब्रोइड रोगीका लागि फाइदाजनक हुन्छ। यसको नियमित सेवन गाँठोको वृद्धि रोक्न निकै प्रभावकारी मानिन्छ। यसको पातको रस पिरियड क्र्याम्पबाट छुटकारा पाउनको लागि प्रयोग गरिन्छ।
अनार : पाठेघरको गाँठो निको पार्न अनार निकै उपयोगी साबित हुन्छ। यसमा पाइने इलाजिक एसिडको कारणले फाइब्रोइड कोशिकाहरूको वृद्धिमा रोक लाग्छ।