जीवनसाथीसँग रमाइलो क्षण कसरी बिताउने

जीवनसाथीसँग विशेष पल बिताउनको लागि सधैं महँगो रेस्टुरेन्ट वा चलचित्र आवश्यक छैन। कम बजेटमा पनि तपाईं आप्mनो जीवनसाथीसँग रमाइलो र  रोमान्टिक डेटको योजना बनाउन सक्नुहुन्छ।

पार्कमा पिकनिक : एउटा सुन्दर पार्कमा जानुहोस् र पिकनिक गर्नुहोस्। आलुचाट, स्यान्डविच वा पास्ता आपूmलाई मन पर्ने केही सजिलो खाना घरबाट तयार गर्नुहोस्। साथीलाई साथमा लिएर रूखमुनि बसेर कुरा गर्दै, हाँस्दै खानाको आनन्द लिनुपर्छ। साँझ पार्कनजीकै पोखरी छ भने त्यहाँ घुम्नु राम्रो हुन्छ। पिकनिकले सम्बन्धमा नयाँपन ल्याउँछ र जीवनसाथीसँग खुलेर कुरा गर्ने मौका पनि पाइन्छ।

यदि मौसम खराब छ वा तपाईंलाई बाहिर जान मन लाग्दैन भने घरमैं गेमनाइटको योजना बनाउन सक्नुहुन्छ। आपूmलाई मनपर्ने खेल अथवा अनलाइन खेल खेल्नुहोस्। यदि तपाईं भिडियो गेम खेल्न मन पराउनुहुन्छ भने त्यो पनि खेल्न सक्नुहुन्छ। हलुका मसला चिया वा कफी बनाउनुहोस् र केही पपकर्न साथमा राख्नुहोस्। हार्नेलाई केही मीठो गर्ने वाचा गरेर तपाईं खेललाई थप रमाइलो बनाउन सक्नुहुन्छ।

जीवनसाथीसँग घरमा स्पाको आनन्द लिन सकिन्छ। एकअर्कालाई मसाज गर्न सक्नुहुन्छ वा फेस प्याकहरू लगाउन सक्नुहुन्छ। यसका लागि चिनी, मह र जैतुनको तेल मिसाएर घरमैं स्क्रब बनाउन सक्नुहुन्छ। सुगन्धित मैनबत्ती बाल्नुहोस् र आरामदायी सङ्गीत बजाउनुहोस्। यसले तपाईंलाई तनाव कम गर्न मात्र मदत गर्दैन, परस्पर गुणस्तरीय समय बिताउने मौका पनि दिन्छ।

रोमान्टिक साँझको लागि शहरबाट टाढा खुला मैदानमा जानुहोस्, जहाँ रात स्पष्ट देखियोस्। एकअर्काको हात समातेर सुत्नुहोस् र आकाशमा चम्किरहेका ताराहरू हेर्नुहोस्। आकाशमा देखिने नक्षत्रहरूबारे एकअर्कालाई जानकारी गराउनुहोस्। शान्त वातावरण र आकाशको सौन्दर्यले तपाईंको डेट अविस्मरणीय बन्नेछ। यसका लागि तपाईंले आफ्नो घरको टेरेस पनि प्रयोग गर्न सक्नुहुन्छ।

तपाईं फ्यान्सी रेस्टुरेन्टहरूमा मात्र होइन, जीवनसाथीसँग घरमा पनि क्यान्डल नाइट डिनर गर्न सक्नुहुन्छ। सुगन्धित मैनबत्ती र रङ्गीचङ्गी बत्तीले कोठा सजाउनुहोस्, हलुका सङ्कीतमा जीवनसाथीसँग मनपर्ने खानाहरूको आनन्द लिनुहोस्।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्