काठमाडौं, १२ जेठ/रासस

ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्ने हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख श्याम यादवले बताए।

“पूर्वी खण्डको काम सम्पन्न हुने चरणमा छ। ढल्केबर पश्चिम खण्डमा भने विभिन्न स्थानमा अझै पनि अवरोध छ। अवरोध हटाएर आयोजना सम्पन्न गर्न हामी लागिपरेका छौं,” उनले भने। देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना शुरू गरिए पनि स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगलगायत समस्याका कारण रुग्ण बन्दै आएको छ। पूर्वी खण्डको काम सम्पन्न भएपछि माथिल्लो तामाकोशीलगायत आयोजनाको बिजुली पूर्वी भागका औद्योगिक क्षेत्रमा माग अनुसार आपूर्ति गर्न सहज हुनेछ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभ–याङबाट शुरू भई धनुषाको ढल्केबर हुँदै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेशनसम्मको प्रसारण लाइनको लम्बाइ २८८ किलोमिटर छ। पूर्वी खण्डको काम प्रायः पूरा भएकाले उद्घाटनको तयारी भएको तथा त्यस निम्ति ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई अनुरोध गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्रसारण लाइनलाई हेटौंडा–ढल्केबर १३४ किलोमिटर र ढल्केबर–इनरुवा १५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी विगत ११ वर्षदेखि काम जारी छ।

पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने प्रसारण लाइनका लागि ७९२ वटा टावर निर्माण गर्नुपर्छ। धेरैजसो टावरको काम भएपनि स्थानीयवासीले प्रसारण लाइनको मार्ग स्थानान्तरण गरिदिन माग गर्दै अवरोध गरेका कारण बाँकी ३५ वटा टावरको काम नै रोकिएको छ।

मोरङ–सुनसरी औद्योगिक करिडोरलगायत समग्र पूर्वी नेपालको माग धान्नका लागि भारतबाट थप विद्युत् आयात तथा वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत् निर्यात गर्न यो प्रसारण लाइन जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण छ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले रणनीतिक महत्वका हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइन सम्पन्न गर्न राज्यको सम्पूर्ण संयन्त्रले सहयोग नगर्ने हो ठूलो विपत् आउन सक्ने बताए। कुल ४००/२२० केभी क्षमताका तीनवटा सबस्टेशन निर्माण सम्पन्न भइसकेका छन्।

हेटौंडा उपमहानगरपालिका वडाहरू १५, १६ तथा १७ स्थिति हटिया र सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करीब छ वर्षदेखि निर्माणमा अवरोध छ। हटिया क्षेत्रमा १४, हेटFैंडा–११ स्थित थानाभ–याङमा दुई र जियाजोर क्षेत्रमा आठवटा टावर निर्माणमा अवरोध छ। थानाभ–याङमा रहेको सबस्टेशनमा लाइन जडानका लागि दुईवटा टावर निर्माण गर्नुपर्नेछ। यसबाट ऐलानी जग्गामा बनेका ४६ वटाभन्दा बढी घर प्रभावित हुनेछन्।

स्थानीयको अवरोध अन्त्य गर्न प्राधिकरणको निरन्तर प्रयास जारी छ। यद्यपि यसमा सफलता प्राप्त भएको छैन। प्रसारण लाइन मकवानपुरबाट बारा– रौतहट–सर्लाही–महोत्तरी–धनुषा–सिराहा–उदयपुर–सप्तरी हुँदै सुनसरीको इनरुवासम्म निर्माण हुनेछ। प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here