काठमाडौं, २१ वैशाख/रासस

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा रु ११०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीवार प्रतितोला रु १,३६,५०० मा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ३५ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन बिहीवार तोलामा रु एक लाख ३५ हजार आठ सय ५० मा कारोबार भएकोमा आजका लागि रु एक लाख ३४ हजार सात सय ५० निर्धारण भएको छ । चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । बिहीवार जस्तै आजका लागि चाँदीको मूल्य तोलामा रु एक हजार छ सय ४५ निर्धारण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here