• अनन्तकुमार लाल दास

वर्तमानमा विद्यानलयहरू समाजको एउटा सम्पदाको रूपमा रहेको छ र सँगसँगै अभिभावकको सहयोग र समन्वयबेगर विद्यालयमा सुधार हुन सक्दैन भन्ने मान्यता स्थापित भइसकेको छ । यस परिप्रेक्ष्यमा आफूलाई राम्रो बनाउन चाहने विद्यालयहरूले कसरी अभिभावकलाई प्रभावकारीरूपमा परिचालन गर्न सक्छन् वा विद्यालय अभिभावक सम्बन्धमा के कस्ता अवसर तथा चुनौतीहरू छन् भन्ने कुरा बुझ्नु आवश्यक रहेको छ । जस्तोसुकै अभिभावक पनि आफ्नो सन्तानको राम्रो र उज्ज्वल भविष्य चाहन्छन् । उनीहरू विद्यार्थीले राम्रो प्रतिफल, सिकाइ उपलब्धि वा उत्कृष्ट परीक्षाफल हासिल गरेको हेर्न र सुन्न चाहन्छन् । औपचारिक शिक्षा, डिग्री वा विशेष तालीमप्राप्त नगरेका अभिभावकहरूसँग पनि मानवीय चेतना अवश्य हुन्छ । विद्यालयमा नियमित कक्षा सञ्चालन होस्, शिक्षकहरू सिपालु होस्, उनीहरू सहयोगी र मिजासिला होस् भन्ने चाहन्छन् । सँगसँगै आप्mनो सन्तान पढ्ने विद्यालय अन्य विद्यालयभन्दा राम्रो होस् र त्यसको नाम चलोस् भन्ने चाहन्छन् । व्यक्तिगत स्वभाव जस्तोसुकै भए तापनि आप्mनो सन्तानलाई केन्द्रमा राखेर उसको सफलता र राम्रो चाहने स्वभाव सबै अभिभावकमा हुन्छ । अभिभावकको यसै कुरालाई विद्यालयहरूले उपयोग गर्न सक्नुपर्छ ।

विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सबैभन्दा आवश्यक तŒव हो, विद्यालयमा अभिभावकको सहभागिता र अभिभावकसँगको सहकार्य । अर्कोतिर विद्यालय र अभिभावक दुवैका चासोको विषय विद्यार्थीको विकास र सिकाइ रहेको छ । विद्यालयको पाटोबाट हेर्दा आप्mनो विद्यालयको प्रभावकारिताको लागि कसरी अभिभावकको सहयोगलाई परिचालन गर्ने भन्ने रहेको छ भने अभिभावकको पाटोबाट हेर्दा आफ्नो सन्तानको विकासमा विद्यालयसँग कसरी सहकार्य गर्ने भन्ने देखिन्छ । कैंयन विद्यालयहरूले अभिभावकसँग सहयोग लिनका लागि विशेष प्रयत्न गरिरहेको पनि देखिन्छ । त्यस्तै, सचेत अभिभावकहरूको सोचाइमा “के यो विद्यालयको क्रियाकलापबाट मेरो सन्तानको आवश्यकता पूर्ति भइरहेको छ” भन्ने रहेको छ । यसरी विद्यार्थी सिकाइका सन्दर्भमा विद्यालय र अभिभावक दुवैको सहकार्य महŒवपूर्ण हुने प्रस्ट छ ।

विभिन्न अध्ययनहरूले विद्यार्थीको समग्र विकासमा परिवारको सामाजिक र आर्थिक पृष्ठभूमि तथा अभिभावकको संलग्नतालाई महŒव दिएको छ । अर्थात् विद्यार्थी जस्तो परिवारबाट आउँछ, परिणाम त्यस्तै हुन्छ । भन्न के खोजिएको हो भने पारिवारिक पृष्ठभूमिलाई यति महŒव दिइयो कि विद्यालयभित्र गरिने प्रयास परिवारसामु हलुका देखा पर्न थाल्यो । अर्थात् विद्यार्थी सिकाइ र विद्यालय विकासका लागि तयार गरिएको पाठ्यक्रम, प्रशिक्षण, शिक्षण प्रविधि र व्यवस्थापनका पक्षमा सुधारका लागि गरिने प्रयासहरू निरर्थक हुन् त भन्ने प्रश्न उठ्नु स्वाभाविक हुन जान्छ । त्यसपछिका अध्ययनहरूले के देखाएको छ भने पारिवारिक पृष्ठभूमि मात्र होइन, विद्यालयद्वारा गरिएका प्रयास, उसका रणनीति र समग्र अभ्यासले पनि विद्यार्थीहरूको सिकाइ उपलब्धिमा फरक पार्छ । केही अध्ययनहरूले विद्यालयभित्रको लगानी र प्रक्रियासम्बन्धी बेग्लाबेग्लै तŒवहरूलाई पनि उपलब्धिको निर्धारकको रूपमा प्रस्तुत गरेका छन् । तर केही शोधले विद्यालयमा अभिभावकको सहभागितालाई महŒव दिएका छन् ।

हुनत अभिभावकले विद्यालयका लागि गर्न सक्ने सकारात्मक भूमिकाको दायरा सीमित छैन । कतिपय विद्यालयमा गरिएको अनुभवका आधारमा अभिभावकका केही भूमिकालाई यसरी उल्लेख गर्न सकिन्छ । अभिभावकहरू विद्यालयका लागि सुपरिवेक्षक, परीक्षक र निगरानीकर्ताको रूपमा काम गर्न सक्छन् । विद्यालय समय र क्षेत्रबाहिर शिक्षकको भूमिका निर्वाह गर्न सक्छन् । विद्यालयलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउन सक्छन् । शिक्षक र विद्यार्थीका लागि उत्प्रेरकको काम गर्न सक्छन् । विद्यालयको दीर्घकालीन सोच र रणनीति अनुसार चल्न सक्ने सारथिको रूपमा काम गर्न सक्छन् । आफ्नो दृष्टिकोण र योजना अनुसार विद्यालयलाई सुधार्ने नेताको रूपमा काम गर्न सक्छन् । विद्यालय संरक्षक र पृष्ठपोषकको रूपमा काम गर्न सक्छन् । विद्यालयमा सकारात्मक परिवर्तन र विकासका लागि दबाब समूहको रूपमा काम गर्न सक्छन् । स्थानीय पाठ्यक्रमका लागि डिजाइनकर्ताको रूपमा सहयोग गर्न सक्छन् । पाठ्यक्रम अन्तर्गत कतिपय स्थानीय सन्दर्भका विषयवस्तुका लागि स्रोतव्यक्तिको भूमिका निर्वाह गर्न सक्छन् । विद्यालय विकासको लागि आवश्यक नीति निर्माणमा सहयोग गर्न सक्छन् । विद्यालय, शिक्षक र विद्यार्थीबीच समन्वयकर्ताको रूपमा काम गर्न सक्छन् ।

यस्ता महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्ने अभिभावकहरू विद्यालय वरिपरि हुँदाहुँदै पनि विद्यालयहरूले चाहे र खोजे जस्तो परिणाम हासिल गर्न सकिरहेका छैनन् । जुन विद्यालयहरूले उपर्युक्त भूमिकासहित अभिभावकहरूको सहयोग पाएका छन्, तिनका विद्यालय राम्रो भएका छन् र जसले पाएका छैनन्, तिनका विद्यालय बिग्रिएका छन् र बिग्रिंदैछन् । हुनत वीरगंजमा राम्रा र नराम्रा दुवैखाले विद्यालयहरू छन् र सबैखाले विद्यालयको एउटै समस्या छ, अभिभावकले चाहे जस्तो सहयोग गरिरहेका छैनन् । हुनत कतिपय विद्यालयहरूसँग प्रस्ट दूरदर्शिताको अभाव रहेको छ, जसले गर्दा उनीहरू अभिभावक र विद्यालय परिवारका हरेक सदस्यलाई विद्यालयको साझा उद्देश्यमा आबद्ध गर्न सकिरहेका छैनन् । कैंयन विद्यालयहरूले त सुरक्षित र भरपर्दो वातावरण नै निर्माण गर्न सकेका छैनन् अर्थात् पठनपाठनमा बाधा हुने सम्भावनालाई न्यून गर्न सकेका छैनन् । धेरैजसो विद्यालयमा बिहानको प्रार्थनासभा नै हुँदैन र जहाँ हुन्छन् पनि त्यहाँ जे हुनुपर्ने हो, त्यो भइरहेको छैन । अर्थात् त्यहाँ संस्कार, संस्कृतिको कुरा, देशभक्ति, मनोरञ्जनात्मक तरीकाले नियमित व्यायामको अभ्यास, देशको गुणगान, नियमित स्पीच, विद्यार्थीहरूको सहभागितामा नियमित सरसफाइ, कक्षाकोठा सजावट आदि गरिंदैन, जसले गर्दा विद्यार्थीहरूमा जीवनोपयोगी शिक्षाको अभाव भइरहेको छ । अर्थात् सिकाइ उपलब्धिमा विद्यालयहरूले जोड नदिई अर्थोपार्जनमा मात्र जोड दिइरहेका हुन्छन् ।

त्यहीं अर्कोतिर केही अभिभावकहरू जो आप्mनो सन्तान पढिरहँदा विद्यालयका हरेक क्रियाकलापमा सहभागी हुन्छन्, उनीहरूमा आप्mना बच्चा विद्यालयबाट निस्केपछि विद्यालयप्रति बेवास्ता गर्ने प्रचलन बढेको देखिन्छ । धेरैजसो अभिभावक स्वकेन्द्रित बन्दै गएका छन्, जसले गर्दा पनि विद्यालय र समाजबीच दूरी बढेको छ । त्यहीं खासगरी सामुदायिक विद्यालयका जिम्मेवार व्यक्ति अर्थात् विद्यालय व्यवस्थापन समितिले आफूले बोलेका र निर्णय गरेका कुराहरूलाई कार्यान्वयन गर्न वास्ता नगर्दा पनि समस्या बढेको छ । कतिपय शिक्षकहरू दलीय राजनीतिमा संलग्न भएकाले र दलगत संरक्षण प्राप्त भएकै कारण सिकाइप्रति जिम्मेवार छैनन्, जसले गर्दा विद्यालय सुधारका लागि गठन हुने कुनै पनि सङ्घमा राजनीतिक गुटबन्दी मात्र भइरहेको छ । कतिपय विद्यालयमा स्थापनाकालदेखि नै योगदान दिएका व्यक्तिहरू हुन्छन्, जो सम्मान खोजिरहेका हुन्छन् तर नेतृत्व परिवर्तन हुँदा त्यस्तो वातावरण नबन्न पनि सक्छ । यसले पनि विद्यालय र समुदायबीच खाडल बढाएको देखिन्छ ।

त्यस कारण उचित भूमिकासहित अभिभावकहरूको परिचालन विद्यालयहरूका लागि अवसर र चुनौती दुवै रूपमा देखिएका छन् । विद्यालयमा अभिभावकको भूमिका सुनिश्चित गर्न कानूनीरूपमैं पनि कतिपय प्रावधानहरू राखिएका छन् । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घको गठन, सामाजिक परीक्षणको अनिवार्य व्यवस्था, विद्यालय सुधार योजना निर्माण र त्यसमा आधारित खर्च प्रणाली आदि यसका केही उदाहरणहरू हुन् । यी प्रावधानले मात्रै विद्यालयका लागि अभिभावक परिचालन वाञ्छनीय तहमा हुन सकेन । यही नै अहिलेको मूल समस्या पनि हो । यही समस्यालाई चिर्दै विद्यालयको समग्र उन्नति, प्रगति र समृद्धिका लागि अभिभावक परिचालन गर्न देहायका उपायहरू सहयोगी हुन सक्छन् ।

विद्यालयले अभिभावकसँग निरन्तर सम्पर्क बढाउनका लागि विद्यालय–अभिभावक फोनिङ कार्यक्रम र अभिभावकलाई मनपर्ने कार्यक्रम जस्तै अभिभावक दिवसको आयोजना गरी विद्यालयमा अभिभावकको चासो बढाउन सकिन्छ । सम्मानित वातावरण खोज्ने र विद्यालयप्रति योगदान गर्ने अभिभावकको लागि सम्मान कार्यक्रमको आयोजना गरी निरन्तर विद्यालयप्रति जिम्मेवार बनाउन सकिन्छ । छोराछोरीको पढाइ सकिसकेका अभिभावकलाई बुबाआमा नभएका वा आफ्नो विद्यार्थीको अभिभावकत्व वहन गर्न कठिन भएका विद्यार्थीको अभिभावक बनाइदिने चलनको थालनी गर्नुपर्छ । “आज मेरो पालो” कार्यक्रम अन्तर्गत प्रत्येक दिन कम्तीमा एकजना अभिभावकसँग विद्यालयमा भेटघाट गरी छलफल र गुनासा राख्न सक्ने वातावरण मिलाउन सकिन्छ । क्षमतावान् अभिभावक जो शिक्षण पेशाबाट सेवानिवृत्त हुनुभएको छ, उहाँलाई प्रार्थनासभा वा कक्षामा स्रोतव्यक्तिको रूपमा प्रस्तुत गर्न सकिन्छ । यसैगरी, “मसान्त मन्थन” कार्यक्रम अन्तर्गत कुनै अभिभावकसँग विद्यालय सुधारको कुनै योजना छ भने मासिकरूपमा त्यस्ता अभिभावकहरूलाई चियापान अन्तर्गत विद्यालयमा बोलाइ उहाँको योजनालाई विद्यालयमा समावेश गर्न सकिन्छ । सामुदायिक समस्यामा विद्यालयले अग्रसरता देखाउने । शिक्षक–अभिभावक सङ्घ र व्यवस्थापन समिति समयसमयमा नमूना विद्यालयको भ्रमण अवलोकन गर्ने । अभिभावकसँग सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने । स्थानीय पेशा, व्यवसाय, सीप र संस्कृतिलाई विद्यालयमा सिकाउने वातावरण तयार गर्ने ।

यसबाहेक बालबालिकासँग “एक दिने” कार्यक्रम अन्तर्गत अभिभावक र विद्यार्थीबीच छलफल गराउन सकिन्छ । विद्यालयका लागि “मिनेट दान” कार्यक्रम अन्तर्गत अभिभावकले विद्यालय भ्रमण गरी आफ्नो सुझाव विद्यालयलाई दिन सक्छन् । “म सक्छु” भन्ने कार्यक्रम अन्तर्गत अभिभावकले कसरी विद्यालयलाई सहयोग गर्न सक्छन् भन्ने गोष्ठीको आयोजना गर्न सकिन्छ । जन्मदिनमा “वृक्षारोपण” कार्यक्रम अन्तर्गत अभिभावकहरूले विद्यार्थीलाई वनस्पतिलाई जोगाउने र संरक्षण गर्ने प्रेरणा प्रदान गर्न सक्छन् । यसबाहेक पनि अभिभावकलाई सक्रिय बनाउनका लागि थुप्रै कार्यक्रम गर्न सकिन्छ । यी क्रियाकलापहरू कुनै शिक्षाविद्द्वारा प्रतिपादित होइनन्, न त कुनै पश्चिमी किताबबाट तयार पारिएका हुन् । यी समाजमा भोगेका अनुभव, बाह्य विद्यालय भ्रमण, अवलोकन र अनुभवबाट सिकेका पाठका आधारमा प्रतिपादित गरिएका हुन् ।

यसर्थ विद्यार्थीको समग्र विकासमा विद्यालय र अभिभावक दुवैको भूमिका महŒवपूर्ण हुने कुरामा सन्देह देखिंदैन । यी दुवैले आआप्mनो योजना अनुसार एकापसमा सहकार्य गरेर विद्यार्थीको सिकाइमा सकारात्मक योगदान पु¥याउन सक्छन् । साथै पढेलेखेका अभिभावकले मात्र होइन, जोकोहीले पनि विद्यार्थीको सिकाइमा सघाउन सक्ने स्पष्ट छ । यस्तो योजना तयार गर्ने र परिचालन गर्ने सन्दर्भमा विद्यालयको तर्पmबाट सकारात्मक प्रयासको खाँचो रहेको
छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here