जाडोमा सबैलाई तातो खाना मन पर्छ । विशेषगरी जङ्कफूड, बर्गर, पिज्जा, चाइनिज फूड आदि । आजभोलिका युवाहरू यी खाना झनै रुचाउँछन् । अहिलेको युवाहरू सानै उमेरमा थुप्रै रोग बोकेर हिंड्छन् । जङ्कफूड खाएपछि कस्तो रोग लाग्छ, त्यसबारे जानकारी राखौं ।

थकाइः जङ्कफूड खानाले पेट फुल्छ किनभने यसमा पोषक तŒवको कमी हुन्छ । शरीरले आवश्यक मात्रामा प्रोटिन, भिटामिनलगायत पाउन सक्दैन र थकाइको समस्या बढ्दै जान्छ ।
अनुहार सुन्निनेः पिज्जा, बर्गर, तारेको खानेकुरा र नूनको मात्रा बढी भएको जङ्कफूड खानाले रक्तचाप बढ्नुका साथै शरीरमा पानीको कमी हुन्छ, जसले गर्दा अनुहार सुन्निने, आलस्य जस्ता समस्या देखिन्छन् ।

तनावः भोक लागेपछि पटक–पटक फास्टफूड खान्छौं भने यो तनावको कारण बन्छ । बढी मात्रामा फास्टफूड खानाले तनाव पनि उत्तिकै बढ्छ । निद्रा नलाग्नुः घरको खाना मन नपराउने र बाहिरको खाना खानेहरूलाई निद्राको समस्या हुन्छ । फास्टफूड खानाले न्युरोकेमिकल प्रक्रियामाथि प्रभाव पार्छ । जसले गर्दा निद्रा नलाग्ने, चिडचिडापन जस्ता रोगले घेर्न थाल्छ ।

फास्टफूडले स्वास्थ्यलाई निकै खराब गर्छ, साथै मस्तिष्कलाई पनि असर गर्छ । यसैले फास्टफूड खान बन्द गरौंं र घरमैं पोषक तŒवले भरिपूर्ण खाना खाऔं । तरकारी, साग आदि सेवन गरौं ।

जाडोमा फ्रिजको पानी खानुहुन्न

जाडो शुरू भएपछि फ्रिजको पानी खान बन्द गर्छौं तर केही व्यक्तिले टङ्की वा आरओ फिल्टरको पानी पिउने गर्छन्, जसले जाडो मौसममा निकै क्षति पु¥याउँछ । जाडो होस् वा गर्मी चीसो पानी पिउँदा शरीरलाई फाइदा हुँदैन ।

जाडो मौसममा चीसो पानी पिउँदा मुटुको ढुकढुकीको चाल सुस्त हुन्छ । किनभने चीसो पानी सोस्न मुटुले अतिरिक्त मेहनत गर्नुपर्छ । अनुसन्धान अनुसार जाडोमा चीसो पानी पिउँदा हृदयघात हुन सक्छ । चीसो पानीले शरीरको भेगस नर्भलाई खुम्च्याउँछ । यही नर्भले तपाईंको त्यस नभर्स सिस्टमलाई सञ्चालित गर्छ, जसले शरीरको गतिविधिलाई नियन्त्रण गर्छ ।

पेट खराबः चीसो पानी पिउँदा पाचन प्रक्रियामा समस्या आउँछ, पेट दुख्छ र पेटबाट अनौठो आवाज आउन सक्छ । चीसो पानी बाहिरको वातावरणको तापक्रमभन्दा अलग हुन्छ । जसले पेटमा पुगेर खानालाई पचाउन समस्या गर्छ र पेट दुख्ने समस्या हुन्छ ।

दाँतलाई समस्याः चीसो पानीले कमजोर दाँतलाई निकै क्षति पु¥याउँछ । यसले दाँतमा झनझनाहट जस्ता समस्या उत्पन्न गर्छ । चीसो पानीले दाँतको नसालाई कमजोर बनाउँछ । साइनसः जाडोमा चीसो पानी पिउँदा साइनसको समस्या हुन्छ । यदि जाडो मौसममा चीसो पानी पिउँदा यसले साइनसको रूप लिन्छ । यसबाट नाकमा सिङ्गान बन्न थाल्छ । साथै सास फेर्न पनि समस्या हुन्छ । सास फेर्न समस्या भएपछि घाँटीको ब्रिथिङ ट्युबमाथि दबाब पर्छ र अस्थमा अटैक हुन सक्छ । साइनसका बिरामीले जाडोको मौसममा चीसो पानी सेवन गर्नुहुँदैन।

जाडोमा पटक–पटक पिसाब लाग्ने समस्या

जाडोको मौसममा पटक–पटक पिसाब लाग्नु साधारण समस्या हो तर यो गम्भीर खतराको सङ्केत पनि हुन सक्छ । मूत्राशयको क्रियामाथि नियन्त्रणको कमीले अनैच्छिक पिसाबको स्थिति उत्पन्न गर्छ । पटक–पटक पिसाब लाग्नु युरिनरी टै«क्ट इन्फेक्शन, इन्सोम्निया, मधुमेह, प्रोस्टेटको समस्या, पैल्भिक ट्युमरको विकास, मूत्रवर्धकको उपयोग गर्नु, योनी सुन्निनु, बढी रक्सी र कैफिन सेवन आदि कारणले पनि हुन सक्छ ।

यदि गम्भीर लक्षण देखिन्छ भने तुरुन्त चिकित्सकसँग सल्लाह लिनुपर्छ । बढी पानी सेवन गर्दा अथवा गर्भावस्थामा पटक–पटक पिसाब लाग्नु सामान्य कुरा हो । यदि यस्तो समस्या छ भने घरेलु उपचार पनि अपनाउन सकिन्छ ।

तिलः तिलमा खनिज र सक्रिय तŒव पाइन्छ, जसले मूत्राशयको कार्यलाई नियन्त्रित गर्छ । तिलमा सक्खर मिसाएर दुई/तीन दिन सेवन गर्नुपर्छ । अनैच्छिक पिसाब नियन्त्रणमा अमलाले निकै सुधार गर्छ । अमलाले मूत्राशयलाई सफा गर्छ र मूत्राशयको मांसपेशीलाई पनि बलियो बनाउँछ । अमलाको रस महमा मिलाएर अथवा पाकेको केरासँग मिसाएर दुई/तीन पटक सेवन गर्न सकिन्छ ।

यदि मूत्राशयमा सङ्क्रमण भएको छ भने तुलसीको दुई/तीनवटा पात बिहान पिसेर महसँग सेवन गर्दा मूत्रसम्बन्धी कार्यलाई नियन्त्रण गर्न सकिन्छ । त्यस्तै, जीराले पनि मूत्राशयको कार्यलाई नियमित गर्छ । जीरालाई चियाको रूपमा सेवन गर्नुपर्छ । एक चम्चा जीरा पानीमा उमालेर महसँग दिनमा दुईपटक सेवन गर्न सकिन्छ । रीठा कपालका साथै पिसाबलाई पनि नियन्त्रित गर्छ । रीठालाई रातभरि भिजाएर बिहान खाली पेटमा एक सातासम्म सेवन गर्दा पटक–पटक पिसाब आउने समस्यामा निकै फाइदा पुग्छ ।

कतिबेला चिकित्सकसँग सम्पर्क गर्नेः ज्वरो आउँछ, बान्ता हुन्छ, पिठ्यूँको तल्लो भाग र मिर्गौलाको माथिल्लो भाग दुख्छ, पिसाबमा रगत आउँछ र गोप्य अङ्गबाट सेतो पदार्थ निस्किन्छ भने चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here