रूसद्वारा ओमिक्रोनविरुद्धको खोप बनाउन शुरू

0

मस्को, १४ मङ्सिर/सिन्ह्वा

कोरोना भाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोनका विरुद्धमा रूसमा खोप बनाउन थालिएको छ । रूसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोना भाइरसको नयाँ भेरियन्ट अनुसारकै खोपको पनि नयाँ संस्करण बनाउन लागिएको जनाएको छ ।

केन्द्रका अधिकारीहरूले कोरोना भाइरसविरुद्ध प्रयोग भएको स्पुतनिक भीलाई नै संशोधन गरेर ओमिक्रोनका विरुद्धमा पनि काम गर्ने बनाउन लागिएको जानकारी दिएका छन् । उनीहरूले ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास चाँडै नै हुन सक्ने विश्वास पनि व्यक्त गरेका छन् । ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास भएपछि ४५ दिनमैं आम नागरिकलाई खोप उपलब्ध गराइने उनीहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय बजारलाई समेत पुग्ने गरी खोप उत्पादन गर्न सकिने उनीहरूको भनाइ छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here