लामखुट्टेमा एन्टिभाइरल इम्युनिटी विकसित गरेर जिका र डेङ्गु जस्ता रोग घटाउन सकिने वैज्ञानिकले बताएका छन् । वैज्ञानिकले आफ्नो नयाँ प्रयोगमा लामखुट्टेमा यी रोग पैmलाउने भाइरसविरुद्ध इम्युनिटी विकसित गरेका छन् ।
अध्ययन गर्ने स्वीट्जरल्यान्ड एमआरसी युनिभर्सिटी अफ ग्लासगो सेन्टर फर भाइरस रिसर्चका वैज्ञानिकको भनाइ छ, रोग फैलाउने लामखुट्टे पोथी एडिज इजिप्टीलाई चिनी खुवाएपछि उनीहरूले भाइरसको सङ्क्रमण फैलाउन सक्दैनन् । यस प्रकारबाट यो मनुष्यसम्म भाइरस पुग्दैन र रोगको खतरा घट्छ ।
लामखुट्टेले किन फैलाउँछ डेङ्गुजस्ता रोगः लामखुट्टे आफ्नो ऊर्जाको लागि फूलको परागमाथि निर्भर रहन्छन् तर प्रजननको लागि उनीहरूलाई रगत चाहिन्छ । यो रगत पूर्ति गर्न उनीहरूले मान्छेलाई टोक्छन् । यस क्रममा उनीहरूमा रहेको जिका र डेङ्गु जस्ता रोगको भाइरस मानिसको रगतमा मिसिन्छ ।
शोधकर्ता डा एमिली पोन्डेविले भन्छिन्, चिनी खाएपछि लामखुट्टेमा भाइरसविरुद्ध इम्युनिटी बढ्छ तर यस्तो किन हुन्छ, यसको कारण स्पष्ट भएको छैन । यद्यपि यसबाट दुनियाँभरि लामखुट्टेबाट फैलिने रोगको मामिला घटाउन सकिन्छ ।
कति घातक छ लामखुट्टेः वल्र्ड मस्क्युटो प्रोग्राम अनुसार दुनियाँभरि हरेक वर्ष लामखुट्टेको टोकाइबाट ७० करोड मानिस बिरामी हुन्छन् । यसमध्ये १० लाख मानिसको मृत्यु हुन्छ । सबैभन्दा बढी जिका, यलो फिभर, चिकनगुनिया, मलेरिया र डेङ्गु रोगबाट मानिसको मृत्यु हुन्छ ।
युरोपियन सेन्टर फर डिजिज कन्ट्रोल प्रिभेन्शन अनुसार पछिल्लो २०–३० वर्षमा यलो फिभर लामखुट्टेको सङ्ख्या निकै वृद्धि भएको छ, जसले गर्दा सबैभन्दा बढी रोग पैmलाउने लामखुट्टेमा सामेल भएको छ ।
विश्व स्वास्थ्य सङ्गठन अनुसार डेङ्गु भाइरसले हरेक वर्ष ४० करोड मानिसलाई सङ्क्रमित गर्छ र २५ हजार मानिसको मृत्यु हुन्छ । पछिल्लो ५० वर्षमा डेङ्गुको मामिला ३० गुनासम्म बढेको छ । डेङ्गु भाइरस सङ्क्रमणपछि ज्वरो आउने र शरीर दुख्ने हुन्छ ।
ग्लोबल वार्मिङबाट पनि रोग नियन्त्रण हुन्छः अमेरिकी वैज्ञानिकले हालै गरेको अध्ययन अनुसार ग्लोबल वार्मिड्ढो एउटा फाइदा भनेको दुनियाँभरि डेङ्गुको मामिला घटिरहेको छ । शोध गर्ने पेन्सिलभेनिया स्टेट युनिभर्सिटीका शोधकर्ता एजिलाबेथ मैक्ग्रा भन्छिन्, जब एडिज इजिप्टी लामखुट्टे डेङ्गु भाइरसको वाहक बन्छ, तब यसको गर्मी सहने क्षमता घट्छ । यसले सङ्क्रमित गर्न सक्दैन । यसअलावा लामखुट्टेमा यो रोग रोक्ने ब्याक्टेरिया बोलबचिया पनि निकै सक्रिय हुन्छ । यसैले ग्लोबल वार्मिड्ढो कारण डेङ्गु रोगमा कमी आएको छ ।
तापमान बढ्ने बित्तिकै लामखुट्टे सुस्त हुन्छन्ः इन्डोनेशियामा डेङ्गुको मामिला घटाउनको लागि नयाँ प्रयोग गरिएको थियो । लामखुट्टेमा बोलबचिया ब्याक्टेरिया इन्जेक्ट गरिएको थियो। यो ब्याक्टेरियाले डेङ्गु भाइरसलाई फैलिनबाट रोक्छ । यी लामखुट्टेलाई जुन ठाउँमा छाडिएको थियो, त्यहाँ डेङ्गुको मामिलामा ७७ प्रतिशतले कमी आएको थियो ।
अनुसन्धानकर्ता एलिजाबेथले लामखुट्टेमाथि जलवायु परिवर्तनको असर बुझ्न एउटा प्रयोग गरिन् । डेङ्गु र बोलबचियाबाट सङ्क्रमित लामखुट्टेलाई भाँडामा राखेर ४२ डिग्री सेन्टिग्रेट तापमान भएको तातो पानीमा डुबाइन् । संसारका धेरैजसो ठाउँमा तापमान ४२ डिग्रीसम्म पुग्छ। प्रयोगमा ४२ डिग्री सेन्टिग्रेडमा लामखुट्टे कति समयमा सुस्त हुन थाल्छन् र मर्छन्, त्यो परीक्षण गरिएको थियो । जो लामखुट्टे डेङ्गुबाट सङ्क्रमित थिए, उनीहरू कमजोर भए र तीन गुनासम्म सुस्त भए । त्यस्तै, बोलबचिया ब्याक्टेरियाबाट सङक्रमित लामखुट्टे चार गुनासम्म अल्छी भएका थिए ।
शोधमा साबित भयो तातो तापमानमा डेङ्गु र बोलबचिया ब्याक्टेरियाबाट सङ्क्रमित लामखुट्टे कमजोर हुन्छन् । यसले रोग फैलाउन सक्दैनन् । उनीहरूको गर्मी सहने क्षमता घट्छ । यिनीहरू न त उड्न सक्छन्, न हिंड्न नै ।
कोरोना, डेङ्गु र मलेरियाको बढीजसो लक्षण एउटै हुन्छ, वर्षाको मौसममा पाँचवटा कुरामाथि ध्यान राख्नुपर्छ । वरपर पानी जम्न दिनुहुन्न, बाहिर निस्किंदा मास्क लगाउनुपर्छ, घरमा बनाइएको सामान्य खाना खानुपर्छ, बाहिरबाट केही ल्याउँदा त्यसलाई पानीले पखाल्नुपर्छ, चीसो वस्तु खानुहुँदैन र मनतातो पानी सेवन गर्नुपर्छ ।
कुन लामखुट्टेले कस्तो रोग फैलाउँछः एडिज– चिकनगुनिया, डेङ्गु ज्वरो, लिम्फेटिक फाइलेरिया, रिफ्ट भैली ज्वरो, पीत ज्वरो, जिका ।
एनोफिलिज– मलेरिया, लिम्फेटिक फाइलेरिया (अफ्रिकामा) ।
क्युलेक्सः जापानी इन्सेफ्लाइटिस, लिम्फेटिक फाइलेरिया, वेस्ट नाइल फिभर ।
– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)