ब्रह्मकुमारीद्वारा आध्यात्मिक प्रवचन

प्रस, सिम्रौनगढ, २० फागुन/
वर्तमान समयमा शिवरात्रिको अद्वितीय महŒवसम्बन्धी आध्यात्मिक प्रवचन कार्यक्रम मङ्गलवार सिम्रौनगढ नगरपालिका–२ खजानीस्थित ब्रह्माकुमारी राजयोग केन्द्रको आश्रममा सम्पन्न भएको छ ।
बिके मीना दिदीको अध्यक्षतामा भएको कार्यक्रममा महाशिवरात्रिको महŒव, विश्व शान्ति र राजयोगको बारेमा जानकारी गराइएको
थियो ।
कार्यक्रममा प्रदेशसभाका पूर्वसदस्य बलवीर चौधरी, गङ्गा बहिनी, सुषमा बहिनी, सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवाल, सनातन धर्म रक्षा मञ्च सिम्रौनगढका अध्यक्ष ओमप्रकाश ठाकुरलगायतले मन्तव्य गरेका
थिए ।
कार्यक्रममा सुषमा दिदीले चित्रको माध्यमबाट आध्यात्मिक ज्ञानको
बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रममा बिके निर्मला दिदीले स्वागत र मीरा दिदीले सहजीकरण गरेका
थिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्