पर्सागढी फूटबलः जनकल्याण युवा क्लब सेमिफाइनलमा

बलिराम शुक्ला, बिरुवागुठी, २० फागुन/
पर्सागढी युवा स्पोट्र्स क्लब बडनिहारको आयोजनामा जारी चौथो पर्सागढी फूटबल नकआउट प्रतियोगिताको मङ्गलवार सम्पन्न चौथो दिनको खेलमा जनकल्याण युवा क्लब, बकुलिया, बारा विजयी भएको छ ।

जनकल्याण युवा क्लब बकुलियाले न्यू सनलाइट स्पोट्र्स क्लब, सुपौली, पर्सालाई एकका विरुद्ध दुई गोलअन्तरले पराजित गरेको थियो ।
पहिलो हाफमा बकुलिया क्लबका चतुर्धन चौधरीले गोल गरेर टीमलाई अग्रता दिलाए भने न्यू सनलाइट स्पोट्र्स क्लब सुपौलीका खेलाडीबाट आत्मघाती गोल भएपछि बकुलियाले दुई गोलको अग्रता लिएको थियो । न्यू सनलाइट युवा क्लबका मुन्ना चौधरीले दोस्रो हाफको अन्तिम समयमा एक गोल मात्र फर्काउन सके ।

भोलि बुधवारदेखि सेमिफाइनल चरणको खेल हुने आयोजक क्लबका अध्यक्ष राम थापाले बताए । उनले पहिलो सेमिफाइनल खेल पर्सागढी युवा स्पोट्र्स क्लब बडनिहार र भोदाहा युनाइटेड क्लब, बाराबीच हुने जानकारी गराए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्