प्रस, निजगढ, २० फागुन/
युथý अफ निजगढले ब्लड क्यान्सरका बिरामीलाई आर्थिक रकम सहयोग गरेको छ । ब्लड क्यान्सरबाट पीडित निजगढ नगरपालिका–९ की सिसम थापाको उपचारमा सहयोग पु¥याउने उद्देश्यले मङ्गलवार अभिभावकलाई १० हजार १०० रुपैयाँ सहयोग गरेको युथý अफ निजगढका अध्यक्ष कमल पराजुलीले बताए । वडाध्यक्ष रामचन्द्र कटुवालले विगतका वर्षदेखि नै यýुथ अफ निजगढले क्यान्सरका बिरामी, आगलागीपीडित, मुटु, मिर्गौलाका बिरामी र जटिल रोग लागेका विपन्न, गरीब, असहायहरूलाई सहयोग गर्दै आएकामा प्रशंसा गरे ।
उनले विनाभेदभाव निस्स्वार्थरूपमा ११औं वर्षदेखि सामाजिक कार्यमा संस्थाले अहम् भूमिका खेल्दै आएको बताए ।
यस्तो दुःख, विपद्का बेला पाएको थोरै सहयोगले पनि धेरै राहत पाएको बिरामी थापाका अभिभावकले बताए । संस्थाका अध्यक्ष कमल पराजुुली, सचिव अशोक श्रेष्ठ, कोषाध्यक्ष रवि सापकोटा, पूर्वअध्यक्षहरू खड्गराज मैनाली, राजन श्रेष्ठ, उषा लामा, वरिष्ठ सल्लाहकार भाइकाजी श्रेष्ठलगायतको सहभागिता थियो ।