प्रस, वीरगंज, २ माघ/
वीरगंज महानगरपालिका–१६ गणेशटोलबाट प्रहरीले साढे १९ किलो चरेस बरामद गरेको छ ।
सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ताले गणेशटोेलको भित्री सडकबाट १३ वटा प्याकेटमा रहेको साढे १९ किलो चरेस बरामद गरेको प्रहरी निरीक्षक नीरज चौैलागाईंले बताए ।
नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले बोरामा चरेस लिएर गइरहेकामा प्रहरीलाई देखेपछि बोरा फ्याँकी मोटरसाइकलसहित फरार भएको उनले बताए । प्रनि चौलागाईंले फरार व्यक्तिको सोधखोज भइरहेको बताएका छन् ।