प्रस, वीरगंज, २ माघ/
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले महानगरपालिकाले जनपक्षीय काम गर्दै आएको बताएका छन् ।
बुधवार वीरगंज–१९ को बर्वामा विकास निर्माण कार्य अनुगमनपछि स्थानीयवासीसँग छलफल गर्दै नगरप्रमुख सिंहले सङ्घीय र प्रदेश सरकारले वीरगंज महानगरपालिकालाई उपेक्षा गरेको कारण बजेट अभाव हुँदा विकास निर्माणका धेरै काम रोकिएको बताए ।
उनले आपूm सधैं जनताको समर्थनमा काम गर्ने बताउँदै सीमित स्रोतसाधनको अधिकतम परिचालन गर्ने रणनीति महानगरपालिकाले लिएको बताए । विकास निर्माणलाई प्रभावकारीरूपमा अगाडि बढाउन स्थानीय बासिन्दाको भूमिका महŒवपूर्ण हँुदा गाउँटोलका समस्या निर्धक्कका साथ राख्न स्थानीयलाई आग्रह गरे ।
नगरप्रमुख सिंहले स्वास्थ्य, शिक्षा, विकास निर्माण, खानेपानी, कृषि, पर्यटन, सौन्दर्यीकरणलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको र छिट्टै वैभव वीरगंजको सपना पूरा हुने बताए ।