प्रस, पर्सागढी, २६ पुस/
पर्सागढी नगरपालिका–५ स्थित पर्सागढी कृषि सहकारी संस्था लि.को १६औं साधारणसभा सम्पन्न भएको छ ।

पूर्वनगरप्रमुख लोकनारायण यादवले साधारणसभाको उद्घाटन गर्दै संस्थालाई आप्mनो ठानेर शेयरधनी सदस्यहरूले मिलेर काम गर्नुपर्ने बताए । उनले समूहगतरूपमा मिलेर काम गर्दा कृषि सामग्रीहरू अनुदानमा लिन गा¥हो नहुने बताए ।

पूर्वनगरप्रमुख यादवले पर्सागढी नपा हुनुभन्दा अगाडिदेखि संस्थाले काम गर्दै आएको र संस्थामार्फत किसानहरूले मलखादलगायतका सामग्री सहजरूपमा प्राप्त गर्दै आएको बताए । उनले किसानहरूलाई लक्षित गरेर सञ्चालित संस्थाको विस्तार गर्नुपर्नेमा जोड दिए ।

वार्षिक साधारणसभामा तडकभडक गरी खर्च गर्नुभन्दा सामाजिक कार्य गर्दा राम्रFे हुने भन्दै वार्षिक साधारणसभामा गरीबहरूलाई कम्बल वितरण गरेकामा प्रशंसा गरे ।

संस्थाका कोषाध्यक्ष रामाशिष यादवले आव २०८०/८१ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जगदेव राउतको अध्यक्षतामा भएको कार्यक्रममा शम्भु साह, राजकुमार खत्री, विजय महतो, विनोद साह, दिनेश यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत रामनिवास साह र सहजीकरण पुनिता यादवले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here