काठमाडौं, ३० साउन/रासस
कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सङ्क्रमणकालीन न्याय (टिआरसी) सम्बन्धी विधेयकमा जुटेको सहमतिले देशको लोकतन्त्र दिगो र बलियो छ भन्ने सन्देश प्रवाह गरेको बताएका छन् ।
प्रतिनिधिसभाको बुधवारको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबीन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि भएको छलफलपछि मन्त्री चौरसियाले विधेयकलाई तार्किक निष्कर्षमा पु¥याउन सहयोग पु¥याएको भन्दै सदस्यलाई धन्यवाद व्यक्त गरेका
छन् ।
उनले विधेयक निर्माणका लागि भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गरे । “सबैले एकैस्वरमा शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउने शुद्ध भावनाका साथ संसद्लाई सम्बोधन गरेका छन् । यो देशको लोकतन्त्र दिगो र बलियो छ भन्ने सन्देश देशभित्र गएको छ,” उनले भने, “यो ऐतिहासिक दस्तावेजलाई तार्किक निष्कर्षमा पु¥याउन सहयोग गरेकामा धन्यवाद व्यक्त गर्छु ।”