दुईवटा डेरी उद्योगविरुद्ध गुण नियन्त्रण कार्यालयद्वारा अदालतमा मुद्दा

प्रस, जनकपुरधाम, २६ साउन/ खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रदेश कार्यालय, जनकपुरले दुईवटा डेली उद्योगविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । अनुगमनको क्रममा  दुग्धजन्य पदार्थ उत्पादनमा मापदण्ड पूरा नगरेको फेला परेका दुई डेरी उद्योगमाथि कारबाहीस्वरूप मुद्दा दायर गरिएको हो । जनकपुर उपमहानगरपालिका वडा नं १४ स्थित जानकी डेरी उद्योग र क्षीरेश्वरनाथ नगरपालिका वडा नं ५ […]

माइतीघरमा बङ्गलादेशमा हिन्दू तथा बौद्धमाथि हिंसाविरुद्ध विरोध प्रदर्शन

प्रस, वीरगंज, २६ साउन/ बङ्गलादेशमा हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूमाथि भइरहेको हिंसाविरुद्ध राष्ट्रिय एकता अभियानले शनिवार काठमाडौंमा प्रदर्शन गरेको छ । विरोध कार्यक्रम अन्तर्गत काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो । अभियानका अध्यक्ष विनय यादवले सम्पन्न कार्यक्रमबारे वीरगंजका सञ्चारकर्मीलाई जानकारी गराएका हुन् । अध्यक्ष यादवका अनुसार प्रदर्शनमा विभिन्न धार्मिक तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो […]

पत्रकार साहले आश्रितहरूलाई खुवाए खाना

प्रस, परवानीपुर, २६ साउन/ वीरगंजका पत्रकार जियालाल साहले मानव सेवा आश्रम वीरगंजका आश्रितहरूलाई खाना खुवाएका छन् । बुवाको सम्झना र केही दिन अघि बितेको जन्मदिनको अवसर पारी मानव सेवा आश्रम वीरगंजका करीब ६५ जना आश्रितहरूलाई एक छाक खाना खुवाएर सहयोग गरेका छन् । तर दाताहरूले स्वेच्छाले दान गरेको रकमबाट खाना खुवाउने चलन रहेको मानव सेवा […]

झुला महामहोत्सवको रौनक शुरू

प्रस, जनकपुरधाम, २६ साउन/ जनकपुरधाममा झुला महामहोत्सवको रौनक शुरू भएको छ । मिथिलाञ्चलको लोकप्रिय चर्चित संस्कृति तथा पर्वमध्ये झुला महामहोत्सव तथा झुलन उत्सव पनि एक हो । यतिबेला जनकपुर क्षेत्रका मठमन्दिरहरू सङ्गीतमय बनेका छन् । झुलन उत्सवमा सहभागी हुन नेपालका विभिन्न स्थान र सीमावर्ती भारतीय क्षेत्रबाट समेत हजारौं भक्तजन जनकपुर आइपुगेका छन् । जनकपुर र […]

अफगानिस्तानकी खेलाडी तलाश पेरिस ओलम्पिकमा अयोग्य घोषित

पेरिस, २६ साउन/एएफपी शरणार्थी ओलम्पिक टोलीका सदस्य अफगानिस्तानकी ’ब्रेकडान्सर’ मनीजा तलाशलाई “अफगानी महिलालाई स्वतन्त्र गर” लेखिएको पहिरन प्रदर्शन गरेकाले पेरिस ओलम्पिकमा अयोग्य घोषित गरिएको विश्व डान्सस्पोट्र्स महासङ्घले शनिवार जनाएको छ । २१ वर्षीया बी–गर्ल तलाश नेदरल्यान्ड्सको इन्डिया सार्डजोविरुद्धको पहिलो प्रतिस्पर्धाको ठीक अघि शुक्रवार नारासहितको नीलो पहिरन पहिरिएर प्रस्तुत भएकी थिइन् । “शरणार्थी टोलीका सदस्य एथलीट […]

पर्सागढी नपा–७ मा मुखिया कप शुरू, उद्घाटन खेलमा बहुदरमाई विजयी

प्रस, बिरुवागुठी, २६ साउन/ पर्सागढी नगरपालिका–७ रघुनाथपुरमा शनिवारदेखि प्रथम मुखिया कप क्रिकेट प्रतियोगिता शुरू भएको छ । रघुनाथपुर युवा समाजद्वारा आजदेखि रघुनाथपुर खेल मैदानमा आयोजना भएको प्रतियोगिताको उद्घाटन वडाध्यक्ष शङ्कर रायभरले गरेका थिए । उनले वडाको चौतर्फी विकासको लागि आफू सदैव अग्रसर रहेको बताए । उनले आफ्नो प्रयासमा रघुनाथपुरको ऐलानी खेलमैदानलाई फिर्ता ल्याइ प्रतियोगिता आयोजना […]

घारे माहुरीको घार

घारे माहुरीको घारः समूहगतरूपमा बस्न रुचाउने र मेहनतका साथ मह बनाउन तल्लीन रहने घारे माहुरी डिभिजन वन कार्यालय, सिमराको परिसरमा रहेको मोटो अग्लो सिमलको रूखमा बसेर सुरक्षितरूपमा मह बनाउँदै । वनजङ्गल र खेतबारीमा रहेका रसदार फूलहरू चुसेर घारमा सङ्कलन गरी माहुरीले प्राकृतिकरूपमा मह उत्पादन गर्ने गर्छ । तर गाउँघर, शहर बजारमा भने नक्कली वा मिसावट […]

डेङ्गी र हैजाका सङ्क्रमित बढे

काठमाडौं, २६ साउन/रासस पछिल्लो समय डेङ्गी र हैजाका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्यामा तीन हजार ८४ जना पुगेको छ । चार दिनयता ७२२ जना डेङ्गी सङ्क्रमित थपिएका हुन् । यही साउन २१ गते दुई हजार ३६५ जनामा डेङ्गी पुष्टि भएको […]

क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेशीनद्वारा युरोलोजी सर्जरी

चितवन, २६ साउन/रासस विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेशीनद्वारा युरोलोजी सर्जरी सेवा शुरू गरिएको छ । यो अत्याधुनिक थुलियम फाइबर लेजर (टिएफएल) मेशीन हो । अस्पतालका उपनिर्देशक एवं युरोलोजिस्ट डा उमेश नेपालले इन्डोयुरोलोजी सेवाको पछिल्लो प्रविधि (लेटेस्ट टेक्नोलोजी) भएकोले सेवाको समयसापेक्ष स्तरोन्नति हुने बताए । यस अघि युरोलोजीमा प्रयोग हुने लेजर होल्मियम […]

मल कारखाना स्थापनामा चीनले सघाउन

काठमाडौं, २६ साउन/रासस मल कारखाना स्थापनामा चीन सरकारले सघाउने भएको छ । आगामी वर्षभित्र कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन् सङले बताएका छन् । चिनियाँ राजदूतले लगानी बोर्डले कारखाना स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत गर्नेबित्तिकै काम थालिने बताए । “नेपालमा प्रचुर मात्रामा उपलब्ध बिजुली र पानीको भरपूर उपयोग […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।