प्रस, जनकपुरधाम, २६ साउन/ जनकपुरधाममा झुला महामहोत्सवको रौनक शुरू भएको छ । मिथिलाञ्चलको लोकप्रिय चर्चित संस्कृति तथा पर्वमध्ये झुला महामहोत्सव तथा झुलन उत्सव पनि एक हो ।
यतिबेला जनकपुर क्षेत्रका मठमन्दिरहरू सङ्गीतमय बनेका छन् । झुलन उत्सवमा सहभागी हुन नेपालका विभिन्न स्थान र सीमावर्ती भारतीय क्षेत्रबाट समेत हजारौं भक्तजन जनकपुर आइपुगेका छन् ।
जनकपुर र आसपासका मठमन्दिरहरूमा झुलाका लागि सिंहासन निर्माण गरी सजाइएका छन् । सो गद्दीमा रामसीताको मूर्ति राखी झुलाउने परम्परा छ । झुला उत्सव मिथिला क्षेत्रमा साउन तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ ।