काठमाडौं, २६ साउन/रासस
मल कारखाना स्थापनामा चीन सरकारले सघाउने भएको छ । आगामी वर्षभित्र कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन् सङले बताएका छन् ।
चिनियाँ राजदूतले लगानी बोर्डले कारखाना स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत गर्नेबित्तिकै काम थालिने बताए । “नेपालमा प्रचुर मात्रामा उपलब्ध बिजुली र पानीको भरपूर उपयोग गरेर मल कारखाना सञ्चालन गर्ने हाम्रो लक्ष्य छ । नेपालसँग सम्बन्ध र यसको उन्नयन हाम्रो प्राथमिकता हो”–चीन सरकारले सधैं नेपालको सामाजिक–आर्थिक विकासमा सहयोग गर्न चाहेको उनले भने ।
नेपाल–चीन अन्तर्देशीय प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन गर्न चिनियाँ प्राविधिक टोली हाल नेपालमा रहेको जानकारी दिंदै उनले पेट्रोलियम पदार्थको आयात घटाएर नेपालको वैदेशिक मुद्रा सञ्चितिमा योगदान गर्ने चिनियाँ चाहना राजदूत छन्ले व्यक्त गरे । जलविद्युत्को विकासबाट नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्ष्Fा पूरा गर्न अन्तर्देशीय विद्युत् व्यापार फलदायी हुने उनले बताए ।
अल्पविकसित राष्ट्रहरूको सूचीबाट स्तरोन्नति हुने नेपालको राष्ट्रिय लक्ष्यलाई सघाउन चीनले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै चिनियाँ राजदूतले हालै सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको तेस्रो बैठकले नेपालसहित विश्वका अन्य मुलुकलाई रोजगारका निम्ति आप्mनो श्रमबजार खुला गरेको जानकारी दिए । चीनमा उच्च शिक्षा हासिल गर्ने नेपाली विद्यार्थीलाई त्यहीं अन्तर प्रशिक्षणको व्यवस्थाका साथ रोजगारका अवसर पनि उपलब्ध हुने उनले बताए । सिपिसीको तेस्रो बैठकपछि चीनमा लगानीका अवसरहरू पहिल्याउन उच्चस्तरीय अमेरिकी प्रतिनिधिमण्डल चीन भ्रमणमा रहेको उनले बताए ।
राष्ट्रपति सी जिनपिड्ढो अध्यक्षतामा सम्पन्न बैठकले तीन सयभन्दा बढी कानूनी सुधारका घोषणा गरेको जानकारी दिंदै राजदूत छन्ले चीनले नेपालको विकासका निम्ति द्विपक्षीय सहायता बढाउने बताए । “हामी नेपालको आर्थिक वृद्धिमा योगदान गर्न चाहन्छौं, पर्यटन प्रवद्र्धन तथा जलविद्युत्को उत्पादनबाट त्यो सम्भव छ”–नेपालमा उत्पादित बिजुली चिनियाँ बजारमा खपत गर्न सकिने उल्लेख गर्दै उनले भने ।
चीनले घोषणा गरेका सुधारबाट चीन र नेपालबीच साझेदारी अझ घनीभूत हुने तथा चीनले हासिल गरेको विकासको प्रतिफल नेपालले पनि उपभोग गर्न पाउने विचार राजदूत छन्ले व्यक्त गरे ।
देशको चौतर्फी विकासलाई नेपालका राजनीतिक दलका नेता तथा कर्मचारीले केन्द्रमा राखेर काम गर्न जरुरी भएको आप्mनो विश्लेषण सुनाउँदै अबको पाँच वर्षमा नेपालले विकासको गति लिने कुरामा ढुक्क रहेको बताए । परिश्रमी नेपाली जनताको विकासप्रतिको चाहना पूरा गर्न नेपालको नेतृत्व सफल हुने उनले बताए ।
चिनियाँ पर्यटकको प्रमुख गन्तव्य नेपालमा पर्यटनका पूर्वाधार अपर्याप्त भएकाले बढीभन्दा बढी पर्यटकीय संरचना निर्माणमा चिनियाँ राजदूतले जोड दिए । उनले प्रविधि हस्तान्तरणका साथै अन्य प्रविधि सहायता विस्तार गर्न चीन तयार रहेको बताए ।
एक फरक प्रसङ्गमा उनले विकासका पूर्वाधार तयार गर्ने उद्देश्यले राष्ट्रपति सीले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ मा आबद्ध सबै राष्ट्रको हित हुने र त्यसप्रति विमति जनाउनुपर्ने कारण नरहेको बताउँदै केही प्राविधिक काम पूरा नहुँदा नेपालसँग बिआरआई कार्यान्वयनसम्बन्धी दस्तावेजमा हस्ताक्षर हुन नसकेको स्पष्ट पारे । उनले केही समयभित्रै नेपाल–चीनबीच बिआरआई साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने बताए । बिआरआई सहकार्य, सहयोग तथा ‘कनेक्टिभिटी’का लागि महŒवपूर्ण मञ्चका रूपमा स्थापित भएको तथा त्यसले अर्थतन्त्रहरूलाई एकीकृत गर्न, बजारहरूलाई जोड्न तथा पूर्वाधारहरूमा लगानी प्रोत्साहन गर्ने एवं विश्वव्यापी रूपमा स्रोत साधनको अभाव रहेको परिप्रेक्ष्यमा दिगो विकासका लक्ष्यहरू कार्यान्वयन गर्न महŒवपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए । ‘ट्रान्स हिमालयन मल्टि–डाइमेन्शनल कनेक्टिभिटी नेटवर्क’ अन्तर्गत सीमा वारपार रेल, सडकहरू, बन्दरगाहहरू, हवाई यातायात, सूचना प्रविधिलगायत बिआरआईले समेटेका क्षेत्र नेपालमात्र होइन सबैका निम्ति लाभदायक रहेको उनको कथन छ ।
“हामीले चीन–नेपाल सम्बन्ध विकासलाई महŒव दिएका छौं, हामी दुई देशका जनताको हितका लागि अनन्तकालसम्म रहिरहने मैत्री सम्बन्धसहितको चीन–नेपाल विस्तृत सहयोगात्मक साझेदारीलाई अझ सुदृढ बनाउन तत्पर छौं”–चिनियाँ राजदूतले भने ।