काठमाडौं, २२ साउन/रासस

काठमाडौं उपत्यकाका नदीमा जलसतह सतर्कता पार गरेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

विभागले मोबाइलमा सन्देश पठाएर काठमाडौं उपत्यकास्थित बाग्मती नदीको गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको हो ।

नदीको पानी सडक किनार र बस्तीसम्म आउन सक्ने भएकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र रहनेलाई बेलुका ५ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । विभागले यस अघि बिहान बिहान ३ बजेर ३० मिनेटमा पनि उपत्यकाको मनोहरा जलमापन केन्द्रमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजीक पुगेकाले उपत्यकाको नदी तटीय क्षेत्रमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here