बकैया (मकवानपुर), २१ साउन/रासस
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नयाँ प्रविधियुक्त ढङ्गले लामा सुरुङ निर्माणमा ‘ब्रेकथ्रु’ एउटा महŒवपूर्ण कार्य भएको बताएका छन् । राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)स्थित घट्टेपाँखा–धेद्रे सुरुड्ढो ‘ब्रेकथ्रु’ कार्यक्रममा उनले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेकोले अब यो विकास निर्माणको गति नरोकिने दृढता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने, “विगतमा जुन रफ्तारमा विकास हुनुपथ्र्यो, त्यो भएन, अब विकासको नमूना यो द्रुतमार्ग हुनेछ ।” द्रुतमार्ग अघि बढाउने सन्दर्भमा देखिएका बाधा–व्यवधानलाई समाधान गर्न सरकार तयार रहेको बताउँदै उनले द्रुतमार्ग निर्माणमा देखिएको व्यवधान राजनीतिक मात्र नभई अर्थतन्त्रसँग पनि जोडिएको स्पष्ट पारे ।

नेपालमा केही भएन भन्ने भाष्य खडा गर्न खोजिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले द्रुतमार्गको सुरुङ निर्माणले त्यसलाई खण्डन गरेको बताए । सांस्कृतिक अन्तरघुलन, राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण र पर्यटन उद्योग प्रवद्र्धन गर्न मुलुकको आत्मविश्वासको दृष्टान्तका रूपमा द्रुतमार्ग भएको बताउँदै प्रधानमन्त्री ओलीले देशमा पूर्ण शान्ति र भयरहित वातावरण बनाउन प्रतिबद्ध रहेको धारणा राखे ।

उनले देश विकास होस्, नागरिकको जीवनस्तर माथि उठोस्, सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा होस् भन्ने दृष्टिकोणले सरकारले काम गरिरहेको उल्लेख गरे । अप्टिकल फाइबर, फोर जी इन्टरनेटलगायतका सेवा सबै जिल्लामा पु¥याउने काम अघि बढिरहेको बताउँदै प्रधानमन्त्री ओलीले द्रुतमार्गलगायतका पूर्वाधारले यस्ता कार्यक्रमलाई सहयोग पु¥याउने
बताए ।

उनले शुरू गरेका काम समयमैं सम्पन्न गर्न पूर्वाधार विकाससँग जोडिएका मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिए । मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेमा आज एक समारोहबीच प्रधानमन्त्री ओलीले काठमाडौं–निजगढतर्पmको एक दशमलव ७२८ किमी लामो सुरुङ ब्रेकथ्रु गरेका थिए ।

द्रुतमार्ग विसं २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना १३ प्याकेजमा विभाजन गरी निर्माण भइरहेको छ । आयोजना अन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनका चरणमा छन् । प्रस्थानबिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको सो द्रुतमार्गको लम्बाइ ७० दशमलव ९७७ किलोमिटर छ । द्रुतमार्ग पहाडी भूभागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ ।

द्रुतमार्गमा १० दशमलव ३०९ किमी लम्बाइका छवटा सुरुङ बन्नेछन् ।

सो सडकमा विभिन्न स्थानमा १२ दशमलव ८८५ किमी लम्बाइका ८९ वटा पुल निर्माण हुनेछन् । बुदुनेमा दुई विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एक/एक इन्टरचेन्ज र
टोल प्लाजा निर्माण गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here