जनकपुरधाम, १८ साउन/रासस
नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगंज पेट्रोलियम पाइप लाइन परियोजना अन्तर्गत दोस्रो चरणको काम प्रायः पूरा भएको छ । नेपाल आयल निगमले उक्त परियोजनाको ९० प्रतिशत काम पूरा भएको जनाएको छ।

निगमको मधेस प्रदेश प्रादेशिक कार्यालय अमलेखगंजका प्रमुख विनितमणि उपाध्यायका अनुसार मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइप लाइन परियोजना अन्तर्गत दोस्रो चरणको चार हजार एक किलोलिटर क्षमताका दुर्ईवटा मुख्य ट्याङ्कीको निर्माण पूरा भएको तथा अन्य प्राविधिक काम दुर्ई महीनाभित्र सम्पन्न गर्नेगरी द्रुतगतिमा भइरहेको छ ।

पेट्रोलियम पदार्थको भण्डारणसँगै पाइप लाइन जडान कार्य पनि अन्तिम चरणमा पुगेको छ । परियोजनामा सरकारको रु एक अर्ब ५४ करोड तथा भारत सरकारको रु ६० करोड लगानी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here