काठमाडौं, १७ साउन/रासस
सन् २०२४ को सात महीनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार यस वर्षको जुलाईसम्म छ लाख ४७ हजार ६१५ विदेशी पर्यटक नेपाल आएका छन् । जबकि गत वर्षको सोही अवधिमा पाँच लाख ३४ हजार २०७ पर्यटक नेपाल आएका थिए ।

यस वर्षको जनवरीमा ७९ हजार एक सय, फेबु्रअरीमा ९७ हजार ४२६, मार्चमा एक लाख २८ हजार १६७, अप्रिलमा एक लाख ११ हजार ३७६, मेमा ९० हजार २११ पर्यटक नेपाल आएका थिए । साथै जूनमा ७६ हजार ७३६ र जुलाईमा ६४ हजार ५९९ पर्यटनले नेपाल भ्रमण गरेका थिए ।

जुलाईमा झन्डै १२ प्रतिशतले बढे पर्यटक सन् २०२४ को जुलाईमा विदेशी पर्यटक आगमन झन्डै १२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत वर्षको जुलाईको तुलनामा यस वर्षको सोही अवधिमा ११ दशमलव नौ प्रतिशतले विदेशी पर्यटक बढेका छन् ।

यस वर्षको जुलाईमा ६४ हजार ५९९ विदेशी पर्यटक आगमन भएकामा गत वर्षको सोही अवधिमा यो सङ्ख्या ७५ हजार ७२६ थियो । बोर्डका अनुसार सन् २०२२ को जुलाईमा ४४ हजार ४६२, सन् २०२१ मा तीन हजार ६३, सन् २०२० मा १९६ पर्यटक नेपाल आएका थिए । कोरोना महामारी शुरू हुनुभन्दा अघिल्लो वर्ष अर्थात् सन् २०१९ को जुलाईमा ७० हजार ९१६ विदेशी पर्यटकको नेपाल आगमन भएको थियो ।

जुलाईमा सबैभन्दा बढी भारतबाट २१ हजार ४९१, अमेरिकाबाट सात
हजार ८६४, चीनबाट छ हजार ८१९, बेलायतबाट तीन हजार ८०६ र बङ्गलादेशबाट तीन हजार
४७० विदेशी पर्यटक नेपाल आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here