काठमाडौं, १७ साउन/रासस
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले आन्तरिक रोजगार सिर्जना र बाध्यकारी वैदेशिक रोजगार न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन् ।

श्रम मन्त्रालयमा बिहीवार विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले गरेका भेटमा उनले आन्तरिक रोजगारलाई दिगो बनाउने र बाध्यकारी वैदेशिक रोजगार अन्त्य गर्ने सरकारको योजना रहेको जानकारी गराए ।

भेटमा श्रममन्त्री भण्डारीले स्थानीय तहमा रहेका सबै रोजगार सेवा केन्द्रलाई सुदृढीकरण, विकास साझेदारलगायतसँगको सहकार्य तथा प्राविधिक सहयोगमा ‘जब हब’का रूपमा विकास गरिने बताए।

निर्देशक सिस्लेनले आन्तरिक रोजगार सिर्जनामा ‘देशीय साझेदारी कार्यक्रम’मार्पmत सहयोग गर्न विश्व बैंक सदैव तयार रहेको बताए । सो क्रममा उनीहरूबीच आन्तरिक रोजगार वृद्धि र रोजगार सेवा केन्द्रको दिगोपन तथा सबलीकरण गर्ने सम्बन्धमा छलफल भएको श्रम मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी
दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here