राति एक्कासि डरले ब्यूँझनु, पसिना आउनु र मुटुको धड्कन तेज हुनु– डरलाग्दा सपनाका केही सामान्य लक्षण हुन्। जसलाई हामी प्रायः बेवास्ता गर्छाैं। तर के तपाईंलाई थाहा छ यी डरलाग्दा सपनाहरू तपाईंको स्वास्थ्यको लागि खतराको सङ्केत हुन सक्छ ? भर्खरै गरिएको एउटा अनुसन्धानले चकित पार्ने तथ्य खुलासा भएको छ।
क्याम्ब्रिज युनिभर्सिटी र किंग्स कलेज लन्डनद्वारा प्रकाशित अध्ययन अनुसार दुःस्वप्न र भ्रम अटोइम्युन रोग जस्तै लुपस, गठिया आदिको प्रारम्भिक लक्षण हुन सक्छ। यस अध्ययनमा ४०० चिकित्सककोे सर्वेक्षण गरिएको थियो र ८०० बिरामीहरूको अन्तर्वार्ता लिइएको थियो। यद्यपि नराम्रो सपना देख्नुका अन्य कारणहरू पनि हुन सक्छन् जस्तै रक्सी, औषधि, चिन्ता र निद्राको कमी। तर कहिलेकाहीं दुःस्वप्नविपरीत अटोइम्युन रोगहरूले लगातार दुःस्वप्न निम्त्याउन सक्छ। शरीर सुन्निदा पनि दुःस्वप्न आउन सक्छ।
विशेषज्ञको राय ः मानसिक स्वास्थ्यविज्ञ डा रितेश गुर्जरका अनुसार अध्ययनमा शरीर सुन्निदा त्यसलाई सन्तुलनमा राख्न प्रयास गर्ने हर्मोन साइटोकाइनले आरइएम निद्रामा असर गर्छ, जसले गर्दा मस्तिष्कमा असर पर्ने देखाएको छ। आरइएम निद्रा त्यो चरण हो, जसमा धेरैजसो सपना देखा पर्छ। उनले भने– अटोइम्युन रोगहरूले दुःस्वप्न निम्त्याउन सक्छ। सपनामा व्यक्तिमाथि कसैले आक्रमण गरिरहेको, कुनै समस्यामा परेको र आफ्नो मदत गर्न नसकिरहेको जस्तो महसूस हुन्छ। यी सपना लुपस, रूमेटोइड, स्जोग्रेन, गठिया र प्रणालीगत स्क्लेरोसिस जस्ता रोगहरूका लक्षण हुन सक्छन्।