लिपिड व्यवस्थापनको लागि नयाँ दिशा निर्देश
कोलेस्ट्रोल एउटा साइलेन्ट किलर हो, जसले तपाईंको मुटुको स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ। अहिलेसम्म उच्च कोलेस्ट्रोलसँग सङ्घर्ष गरिरहेका भारतीयहरूका लागि यसलाई नियन्त्रण गर्न कुनै विशेष दिशानिर्देश थिएन। तर अब यो प्रतीक्षा सकिएको छ। पहिलोपटक भारतले उच्च कोलेस्ट्रोलसँग लड्न महत्वपूर्ण हतियार लिपिड व्यवस्थापनका लागि नयाँ दिशानिर्देश पाएको छ। यी दिशानिर्देशहरू भारतीयहरूको आहार र जीवनशैलीलाई ध्यानमा राखेर […]
टुटेको सम्बन्ध बचाउने उपाय
सम्बन्ध जीवनको एउटा महत्वपूर्ण भाग हो। मित्रता, प्रेम, परिवार, हरेक सम्बन्धले हामीलाई जीवनमा केही विशेष दिन्छ। तर कहिलेकाहीं भ्रम, झगडा र दूरीले सम्बन्धमा फाटो पैदा गर्छ। खासगरी पार्टनरबीच यी कुराहरू बढ्न थाल्यो भने कुरा सम्बन्धविच्छेदसम्म पुग्न बेर लाग्दैन। यस्तो अवस्थामा यदि तपाईं आप्mनो टुटेको सम्बन्ध बचाउन चाहनुहुन्छ भने यी चार कुरालाई ध्यानमा राख्नु उचित हुन्छ […]
काश्मीरमा गोली लागी आठजनाको मृत्यु
नयाँ दिल्ली, २३ असार/एएफपी भारत प्रशासित काश्मीरमा भएको गोली हानाहानका दुर्ईवटा छुट्टै घटनामा दुईजना सैनिक र छजना संदिग्ध आतङ्कवादी मारिएको प्रहरीले आइतवार जनाएको छ। काश्मीरका प्रहरी महानिरीक्षक विधिकुमार बिर्दीले विवादित क्षेत्रका अधिकारीहरूले कुलगाम जिल्लाका गाउँहरूमा ‘दुई छुट्टाछुट्टै सुरक्षा कारबाई’ गरिएको बताए। बिर्दीले सुरक्षा बलका दुई सदस्य मारिएका र मोडेरग्राम र फ्रिसल चिन्निगाम गाउँहरूमा झडप जारी […]
बाढीबाट प्रभावित राष्ट्रिय राजमार्ग तथा सडक तत्काल सञ्चालन गर्न माग
काठमाडौं, २३ असार/रासस नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बाढीबाट प्रभावित राजमार्ग तथा सडक तत्काल सञ्चालन गर्न सरकारसँग माग गरेको छ। महासङ्घका महासचिव डेकनाथ गौतमले आइतवार विज्ञप्ति जारी गरी अविरल वर्षाका कारण गएको बाढीपहिराबाट राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग र ग्रामीण सडकमा क्षति पुगेकाले तत्काल मर्मत तथा वैकल्पिक व्यवस्था गरी सडक खुलाउन सरकारसँग माग गरेका हुन्। “अविरल […]
एपिएफ र सुदूरपश्चिमलाई बास्केटबल प्रतियोगिताको उपाधि
काठमाडौं, २३ असार/रासस नेपाल एपिएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकूद अन्तर्गत ह्वीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। एपिएफ पुरुष र सुदूरपश्चिम महिलामा च्याम्पियन बनेका हुन्। राष्ट्रिय खेलकूद परिषद् (राखेप)को आयोजना तथा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकूद सङ्घको व्यवस्थापनमा कैलालीको अत्तरखेलस्थित बौद्ध इन्टरनेशनल स्कूलको इन्डोर हलमा भएको पुरुष फाइनलमा एपिएफले बाग्मती प्रदेशलाई ३९–२० […]
विपुल र रवि टेबलटेनिस च्याम्पियन
काठमाडौं, २३ असार/रासस रिभाइभ टेबलटेनिस क्लबका विपुल महर्जन र रवि धाक्वाको जोडी पाँचौं ‘इन्टरटेन्मेन्ट टेबलटेनिस’ प्रतियोगितामा च्याम्पियन बनेका छन्। महालक्ष्मीस्थानस्थित रिभाइभ लिजर पार्कमा आइतवार भएको फाइनल खेलमा विपुल र रविको जोडीले आफ्नै क्लबका कैलाश श्रेष्ठ र प्रवेश बस्नेतको जोडीलाई ९–११, ११–६, ११–६ र १४–१२ को सेटमा पराजित गरे। विजेताले रु ४० हजार र उपविजेताले रु […]
विद्यालय सुधार योजनाबारे प्रशिक्षण
प्रस, वीरगंज, २३ असार/ युवालय ललितपुरको आयोजनामा आइतवार वीरगंजमा पर्सागढी नगरपालिकाका शिक्षकहरूलाई विद्यालय सुधार योजना निर्माणसम्बन्धी एक दिने प्रशिक्षण दिइएको छ। कार्यक्रमका प्रशिक्षक मनोज वर्णवालले विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको बताए। उनले पर्सागढीका विद्यालयहरूले आवधिकरूपमा विद्यालय सुधार योजना निर्माण गरी सबै विद्यालयमा व्यवस्थापन एवं सुधार कार्यक्रम सञ्चालन गर्नुपर्ने नीतिगत व्यवस्थाबारे कार्यक्रममा […]
आदर्शनगर रङ्गशालाको मुद्दा महानगरको पक्षमा
प्रस, वीरगंज, २३ असार/ वीरगंज महानगरपालिका–१० स्थित आदर्शनगर रङ्गशालाअगाडिको जग्गाको विवादमा एक दशकपछि सर्वोच्चले वीरगंज महानगरको पक्षमा फैसला दिएको छ। करीब साढे तीन कट्ठा सो जग्गामा वीरगंज महानगरपालिका–३ छपकैया निवासी जुगुनु राज्यलक्ष्मी शाहले आफ्नो दाबी गर्दै आएकी थिइन्। पर्सा जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालत हेटौंडाले यो मुद्दा शाहको हकमा गरेका थिए भने सो फैसलाविरुद्ध […]
मधेस प्रदेशमा एचआइभी सङ्क्रमित चार हजारभन्दा बढी
जनकपुर, २३ असार/रासस मधेस प्रदेशमा चार हजार दुर्ई सय ८७ जना एचआइभी सङ्क्रमितले नियमित औषधि सेवन गरिरहेका छन्। प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको तीनदिने प्रयोगशालासम्बन्धी प्रशिक्षण समापनमा एचआईभी सङक्रमितवारे उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो। मधेस प्रदेश सरकारले एक सय ३६ पालिकामा प्रयोगशाला स्थापना गरेर सर्ने तथा नसर्ने रोगको नियमित रूपमा परीक्षण गरिरहेको […]
बाढी, पहिरो र डुबानमा पुरिएर देशभर ४८ जनाको मृत्यु
काठमाडौं, २३ असार/रासस अविरल वर्षाका कारण आएको बाढी पहिरालगायतका विपद्मा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन्। गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएका बाढी र पहिरामा परी आइतवार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। बाढी, पहिरामा परी काठमाडौंमा एक, कोशी प्रदेशमा ११, मधेस […]