प्रस, वीरगंज, २३ असार/

युवालय ललितपुरको आयोजनामा आइतवार वीरगंजमा पर्सागढी नगरपालिकाका शिक्षकहरूलाई विद्यालय सुधार योजना निर्माणसम्बन्धी एक दिने प्रशिक्षण दिइएको छ।

कार्यक्रमका प्रशिक्षक मनोज वर्णवालले विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको बताए। उनले पर्सागढीका विद्यालयहरूले आवधिकरूपमा विद्यालय सुधार योजना निर्माण गरी सबै विद्यालयमा व्यवस्थापन एवं सुधार कार्यक्रम सञ्चालन गर्नुपर्ने नीतिगत व्यवस्थाबारे कार्यक्रममा जानकारी गराइएको बताए।

उनले एक दिने तालीममा पर्सागढी नगरपालिकाका आठ विद्यालयबाट तीन/तीनजना शिक्षकलाई सहभागी गराएर विद्यालय सुधार योजना तथा विद्यालयको वार्षिक तथा पञ्चवर्षीय योजना बनाउनेबारेमा प्रशिक्षण दिइएको बताए।

कार्यक्रम पर्सागढी नपा शिक्षा शाखा प्रमुख देवकुमार गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here