एपिएफ र सुदूरपश्चिमलाई बास्केटबल प्रतियोगिताको उपाधि

काठमाडौं, २३ असार/रासस

नेपाल एपिएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकूद अन्तर्गत ह्वीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। एपिएफ पुरुष र सुदूरपश्चिम महिलामा च्याम्पियन बनेका हुन्।

राष्ट्रिय खेलकूद परिषद् (राखेप)को आयोजना तथा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकूद सङ्घको व्यवस्थापनमा कैलालीको अत्तरखेलस्थित बौद्ध इन्टरनेशनल स्कूलको इन्डोर हलमा भएको पुरुष फाइनलमा एपिएफले बाग्मती प्रदेशलाई ३९–२० ले पराजित ग–यो।

गण्डकी प्रदेशले सुदूरपश्चिमलाई २६–१६ ले हराउँदै तेस्रो भयो। महिलाको उपाधि भिडन्तमा सुदूरपश्चिमले कोशी प्रदेशलाई १५–१० ले पाखा लगायो। लुम्बिनीले कर्णाली प्रदेशलाई १२–८ ले पन्छाउँदै तेस्रो बन्यो।

विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकूद सङ्घकी अध्यक्ष देवी आचार्यलगायतले पुरस्कार प्रदान गरे।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्