प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता उद्घाटन
काठमाडौं, १७ असार/रासस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेल क्षेत्रको संस्थागत विकासका लागि खेलकूद प्रतियोगिताको भूमिका महत्वपूर्ण हुने बताएका छन्। प्रकाश दाहाल फाउन्डेशन र नेपाल बक्सिङ महासङ्घको संयुक्त आयोजनामा सोमवारदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरू भएको प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरुष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै उनले प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान पु–याउने विश्वास […]
ड्रोन आक्रमणमा परी १८ इजरायली सैनिक घाइते
जेरुसेलम, १७ असार/सिन्ह्वा इजरायलको नियन्त्रणमा रहेको गोलान हाइट्समा आइतवार भएको ड्रोन आक्रमणमा परी १८ जना इजरायली सैनिक घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको इजरायली रक्षा बल (आइडिएफ)ले जनाएको छ। आइडिएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गोलान हाइट्सको उत्तरी क्षेत्रमा आक्रमण भएको थियो, यद्यपि ड्रोन कताबाट आएको थियो भन्नेबारे केही बताइएको छैन।” घाइते सैनिकहरूलाई […]
विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर सुन तस्करी
काठमाडौं, १७ असार/रासस नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर रु ३१ अर्बभन्दा बढी रकम बराबरको सुन तस्करी भएको बताएको छ। २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘ब्रेक सु’मा लुकाएर ल्याएको ६० किलो ७१६ ग्राम सुन तस्करीको अनुसन्धानका क्रममा विभिन्न पाँचवटा नक्कली कम्पनीमार्फत हालसम्म रु ३१ अर्ब ८२ करोड […]
शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ
काठमाडौं, १७ असार/रासस शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रको संरचनागत सुधारका लागि प्रयास भइरहेको बताएकी छन्। प्रतिनिधिसभाको सोमवारको बैठकमा सांसदहरूबाट उठेका प्रश्नको जवाफ दिंदै शिक्षामन्त्री श्रेष्ठले यस क्षेत्रको सुधारका लागि मन्त्रालय मात्र नभई सबै पक्ष जिम्मेवारीका साथ लाग्नुपर्ने बताइन्। “शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ भन्न थालेको लामो समय भयो तर संरचनागत सुधार […]
एसीमा लगातार बस्दा ‘सिक बिल्डिङ सिन्ड्रोम’ हुन सक्छ
वातानुकूलित कोठामा बस्दा हुने बेफाइदाका बारेमा हामीले बारम्बार सुनेका छौं। चर्चित न्यूरोसर्जन डा पायोज पाण्डेले अर्काे समस्याबारे चेतावनी दिएका छन्। उनका अनुसार एसी कोठा वा अफिसमा लगातार बस्दा सिक बिल्डिङ सिन्ड्रोम (एसबिएस)सम्बन्धी स्वास्थ्य समस्या हुन सक्छ। यो सिन्ड्रोमले आँखा, घाँटी र छालाको सुक्खापन र जलन जस्ता लक्षणहरू निम्त्याउँछन्, जुन प्रायः सुक्खा एसी हावाको लामो समयसम्म […]
जीवनसाथीसँग यस्तो व्यवहार नगर्नुस्
तपाईं जीवनभर पति वा पत्नीसँग रहने वाचा गर्नुहुन्छ, तर यो काम सजिलो छैन। यसका लागि धेरै त्याग गर्नुपर्छ वा मन मार्नुपर्छ। यहाँ आपसी समझदारी, विश्वास र सम्मान आवश्यक छ। तर कहिलेकाहीं केही बानीले यो सम्बन्धमा समस्या निम्त्याउन सक्छ। यहाँ हामी त्यस्ता पाँच बानीको बारेमा चर्चा गर्नेछौं, जुन तपाईंको जीवनसाथीलाई मन नपर्ने हुन सक्छ। हदभन्दा बढी […]
यार्सागुम्बा’ अर्थात महँगो जैविक कीराको खोजी
अर्चना झा गोदावारी (ललितपुर), १७ असार/रासस हिमाली तथा उच्च पहाडी क्षेत्रमा विश्वकै बहुमूल्य औषधिजन्य बहुगुणयुक्त यार्सागुम्बा प्राकृतिक जडीबुटी हो। यार्सागुम्बा विश्वमा आपूर्तिको दृष्टिकोणले चीनपछि नेपाल दोस्रो स्थानमा रहेको छ। यार्सागुम्बामा औषधिजन्य गुण अन्तरनिहित हुने हुँदा यसको प्रयोग शक्तिवद्र्धक, क्यान्सर, रक्तअल्पता, क्षयरोग, फोक्सोको सङ्क्रमण, मिर्गाैला, कलेजोसम्बन्धी, मुटु आदि रोगको औषधि बनाउन प्रयोग हुने बताइन्छ। यार्सागुम्बाको माग […]
अब को भीम रावल बन्ने ?
-कुमार रुपाखेती एमालेको महाधिवेशन चितवनमा अध्यक्ष पदमा ओलीसँग भिड्ने भीम रावलको हबिगत सबैलाई थाहै छ। ओलीसँग भिड्न भीम रावललाई उक्साउनेहरू रावललाई बलिको बकरा बनाएर ओलीको झोला बोकेर हिंडेको पनि सबैलाई थाहै छ। ज्येष्ठ नागरिक ओली अझैं २० वर्ष अध्यक्ष बनिरहने सन्देश दिन्छन् भने शारीरिकरूपमा अरूको सहाराविना मञ्चमा उक्लन सक्दैनन्। भोलि फेरि अर्को भीम रावल जन्मेला […]
देशको सार्वजनिक ऋण सुविधाजनक अवस्थामा छ –अर्थमन्त्री
काठमाडौं, १७ असार/रासस अर्थमन्त्री वर्षमान पुनले अन्य देशको तुलनामा नेपालको सार्वजनिक ऋणको अवस्था सुविधाजनक अवस्थामा रहेको र नेपाल ऋणको पासोमा नपर्ने बताएका छन। प्रतिनिधिसभाको सोमवारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री पुनले नेपालले लिएको ऋणको लागतसमेत कम रहेको दाबी गरे। “ऋणको लागत र जोखिमको दृष्टिकोणबाट अन्य मुलुकको तुलनामा हाम्रो सार्वजनिक ऋण सुविधाजनक अवस्थामा छ। […]
खुट्टाले लेखेर एसइई उत्तीर्ण
जानकी (बाँके), १७ असार/रासस “अरूलाई भन्दा मलाई आधा घण्टा बढी समय दिइएको थियो तर मैले खुट्टाले लेख्ने भएकाले सजिलो पक्कै थिएन,” खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुवाका उमेश खत्रीले भने, “सोचे जतिको त भएन तर पनि यो उपलब्धिमा खुशी छु।” मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयबाट खुट्टाले लेखेर एसइई दिएका खत्रीले २.९२ जिपिए ल्याएर […]