जीवनसाथीसँग यस्तो व्यवहार नगर्नुस्

तपाईं जीवनभर पति वा पत्नीसँग रहने वाचा गर्नुहुन्छ, तर यो काम सजिलो छैन। यसका लागि धेरै त्याग गर्नुपर्छ वा मन मार्नुपर्छ। यहाँ आपसी समझदारी, विश्वास र सम्मान आवश्यक छ। तर कहिलेकाहीं केही बानीले यो सम्बन्धमा समस्या निम्त्याउन सक्छ। यहाँ हामी त्यस्ता पाँच बानीको बारेमा चर्चा गर्नेछौं, जुन तपाईंको जीवनसाथीलाई मन नपर्ने हुन सक्छ।

हदभन्दा बढी आलोचना गर्नुः  सबैमा कमजोरीहरू हुन्छन्, तर जब हामी हाम्रा जीवनसाथीको बारेमा नराम्रो कुरा गर्छाैंं, यसले उनीहरूको आत्मविश्वासलाई चोट पु–याउन सक्छ। आलोचनाको मतलब यो होइन कि तपाईं सधैं सही हुनुहुन्छ। यदि तपाईं सधैं उसको काम वा बानीको आलोचना गर्नुहुन्छ भने यसले सम्बन्धमा तनाव सिर्जना गर्न सक्छ। यदि तपाईंले उसको सकारात्मकतामा ध्यान केन्द्रित गर्नुभयो र आवश्यक पर्दा शान्त तरीकाले सल्लाह दिनुभयो भने यो राम्रो हुनेछ।

सञ्चारः सञ्चार एउटा स्वस्थ सम्बन्धको आधार हो। जब तपाईं आफ्नो पार्टनरसँग खुलेर कुरा गर्नुहुन्न वा उसले भनेको कुरालाई बेवास्ता गर्नुहुन्छ, यसबाट ऊ धेरै निराश हुन सक्छ। सञ्चारको कमीले आशङ्का बढाउन सक्छ र तपाईंको सम्बन्ध कमजोर हुन सक्छ। त्यसैले आफ्नो पार्टनरसँग खुलेर र इमानदारीपूर्वक कुरा गर्नुहोस्।

गुणस्तरीय समय खर्च नगर्नेः आजकल हरेक व्यक्ति कुनै न कुनै कारणले व्यस्त रहन्छन् तर तपाईंले आफ्नो पार्टनरका लागि गुणस्तरीय समय निकाल्नुपर्छ। यदि तपाईं यो गर्न सक्षम हुनुहुन्न भने यो सम्बन्धको लागि एक समस्याको कारण हुन सक्छ। सँगै फिल्म हेर्ने, लन्च वा डिनरको लागि बाहिर जाने वा कतै यात्राको योजना बनाउनुपर्छ।

अत्यधिक अपेक्षा राख्नुः आफ्नो जीवनसाथीबाट धेरै अपेक्षा राख्नुले पनि सम्बन्धमा चीसोपन पैदा गर्न सक्छ। यदि तपाईं लगातार परफेक्ट हुने आशा गर्नुहुन्छ भने यो जीवनसाथीको लागि बोझ हुन सक्छ। याद गर्नुहोस् कि कुनै पनि व्यक्ति परफेक्ट हुँदैन। उसको विशेषता र कमजोरीहरू स्वीकार गर्नुहोस् र सन्तुलित जीवन बिताउने प्रयास गर्नुहोस्।

ईष्र्या शङ्काः विश्वास कुनै पनि सम्बन्धको आधार हो। यदि तपाईं जीवनसाथीप्रति अनावश्यकरूपमा शङ्का गर्नुहुन्छ वा सधैं ईष्र्या गर्नुहुन्छ भने यसले सम्बन्ध बिगार्न सक्छ। आफ्नो पार्टनरलाई विश्वास गर्नुहोस् र उसको व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्नुहोस्। कुनै कुरामा शङ्का लागेमा खुलेर बोल्नुहोस् तर ठोस प्रमाणविना आरोप नलगाउनुहोस्।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्