मधेस प्रदेशसभाबाट बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ पारित भएको छ। सभाको शनिवारको बैठकमा खेलकूद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवालले महिला, बालबालिका तथा सामाजिक न्याय समितिको प्रतिवेदनसहितको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।
मन्त्री जयसवालले बालिका संरक्षणसम्बन्धी कानून ल्याउने पहिलो प्रदेशका रूपमा मधेस प्रदेशको नाम आएको उल्लेख गरे। उनले माता जानकीको भूमिबाट पहिलो बालिका संरक्षणसम्बन्धी कानून पारित भएको बताए। उनले प्रदेशमा छोरी बीमा कार्यक्रम फेरि शुरू गर्न रु १२ करोड थप बजेट व्यवस्था गरिएको जानकारी दिए। बालिका संरक्षणमा काम गर्दा बालकलाई अन्याय हुन नदिन सरकार सचेत हुनुपर्ने उनको भनाइ थियो। उनले भने, “सकारात्मक विभेदमार्फत छोरीहरूलाई सशक्त बनाउन आवश्यक छ।” विधेयकमा १७ जना प्रदेशसभा सदस्यले धारणा राखेका थिए। उनीहरूले उठाएका विषयलाई मन्त्री जयसवालले बालिका संरक्षण ऐनलाई प्रभावकारीरूपमा कार्यान्वयन गराउन प्रहरी समायोजनको आवश्यकता औंल्याए।