भारतको दिल्लीमा चर्काे गर्मी र कम पानी पिउनुका कारण शहरमा २० देखि ४० वर्ष उमेर समूहका मानिसमा मिर्गौलामा पत्थरी हुने समस्या तीव्र गतिमा बढिरहेको छ। फोर्टिस एस्कट्र्स अस्पताल फरिदाबादका युरोलोजी र मिर्गौला प्रत्यारोपण निर्देशक डा अनुप गुलाटीले टाइम्स अफ इन्डियालाई भने– पछिल्लो महीना युवाहरूमा ३०–४० प्रतिशतले मिर्गाैलाको पत्थरीको घटना बढेको छ।

यसको कारण गर्मी र यसबाट हुने निर्जलीकरण हो। युवाहरूमा यो समस्या बढी देखिनुको कारण भनेको कलेज र अफिसको लागि घाममा बाहिर बस्नु हो, जसका कारण अत्यधिक पसिनाले शरीरमा डिहाइड्रेशन हुन्छ। यस्तो अवस्थामा डिहाइड्रेसन र मिर्गौलाको पत्थरीबीचको सम्बन्धलाई बुझ्नु तपाईंको स्वास्थ्यको लागि धेरै महत्वपूर्ण छ।

कसरी निर्जलीकरणको कारण मिर्गौलामा पत्थरी हुन्छ : नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार पत्थरी निर्जलीकरणको एक सामान्य साइड इफेक्ट हो। वास्तवमा जब शरीरमा पानीको कमी हुन्छ, शरीरमा डुयरेसिसको कमी हुन्छ। यसका कारण मिनरल्स एकसाथ जम्मा हुन थाल्छ, जसका कारण मिर्गाैलामा पत्थरी बन्न थाल्छ।

मिर्गाैलालाई पानी चाहिन्छ भनेर कसरी बुझ्ने : कम पिसाब, ग–हुँगो सास हुनु, थकान, कमजोरी, मुटुको ढुकढुकी घटबढ हुनुु, अलमल हुनु, खुट्टा सुन्निनु।

मिर्गाैलाको पत्थरीका लक्षण : पिठ्यूँ वा छेउमा लगातार गम्भीर दुःखाइ, पिसाबमा रगत, ज्वरो र चीसो लाग्नु, बान्ता हुनु, पिसाबबाट तीव्र दुर्गन्ध, फिंजयुक्त पिसाब, पिसाब गर्दा पोलेको अनुभूति हुन्छ।

रोकथामका उपायहरू : डिहाइड्रेशनका कारण हुने मिर्गौला समस्याबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय पर्याप्त मात्रामा पानी पिउनु हो। मौसमी तरकारी र फलपूmल पनि खानुपर्छ। यसो गर्नाले शरीरमा पानीको कमी र त्यसबाट हुने समस्यालाई कम गर्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here