काठमाडौं, ३२ जेठ/रासस

सरकारले आगामी असार ३ गते सोमवार परेको इस्लाम धर्मालम्बीहरूको पर्व बक्र (ईद–उल–अजहा)का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले आज सूचना जारी गरी बक्र ईदका अवसरमा बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको उक्त सूचनामा गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार उक्त पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here